काठमाडौं । लेखक जीवनकुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक भएको छ । स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय जीवन बाँच्ने सूत्र पस्किंदै आएका प्रसाईंको पुस्तकलाई नेपालयले प्रकाशन गरेको हो । बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यलाई सरल भाषामा व्याख्या गर्ने […]