सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले दुई पुस्तक सार्वजनिक गरेको छ । आइतबार हेटौडामा पत्रकार सम्मेलन मार्फत गत आर्थिक वर्ष २०७८ र ०७९ मा प्रकाशित डिजिटल साक्षरता र उहिलेको पत्रकारिता नामक दुई पुस्तक सार्वजनिक गरेको हो ।प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तक सार्वजनिक गर्दै मन्त्री खनालले रजिस्ट्रार कार्यालयले इतिहासलाई दस्तावेज गर्ने काम गर्नुको साथै आगामी भविष्यलाई पनि ध्यान दिएर पुस्तक तयार पारेको बताए ।