गण्डकी प्रदेश : जनमोर्चा र जसपाको समर्थन पत्रसहित मुख्यमन्त्रीमा गुरुङको पुन: दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् । राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको स्रोतको भनाइ छ । त्यस्तै पूर्व राजपाका एक सांसदले ल्याएको जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाको पनि समर्थन आफूलाई रहेको गुरुङले दाबी गरेका छन् ।.group

सम्बन्धित सामग्री

गण्डकी प्रदेश : जनमोर्चा बाहिरिंदा राप्रपाको ‘इन्ट्री’, कस्तो बन्ला सरकार ?

२२ मंसिर, पोखरा । ६० सिट संख्या रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा बाहिरिंदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवेश भएको छ । बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेसँगै राप्रपाबाट गण्डकी प्रदेशमा २ जना सांसद पक्का भएका हुन् । अघिल्लो पटक गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले ३ सिट पाएको थियो । जसमा बागलुङ १ (१) […]

जनमोर्चा गठबन्धनबाट बाहिरिए गण्डकी सरकारको भविष्य के होला ?

पर्वत : अमेरिकी सहयोग परियोजना जालझेल गरेर अनुमोदन गरेको भन्दै राष्ट्रिय जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ। राष्ट्रिय जनमोर्चा बाहिरिएसँगै यसको तरङ्गले गण्डकी प्रदेश सरकारलाई पहिले छुन्छ।गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री बनाउने बेलामा निर्णायक भूमिकामा रहेको दल नै जनमोर्चा थियो। केन्द्रीय गठबन्धन तोडेको बेलामा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने बारेमा भने जनमोर्चाले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि गण

गण्डकी प्रदेश सांसद थापाको पद खारेज

पोखरा। गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज भएको छ। थापालाई यसअघि पुनर्बहालीका लागि गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै सभामुख नेत्रराज अधिकारी लगायतले भ्याकेट निवेदन दर्ता गरेका थिए। उक्त निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहनेगरी दिएको आदेश रद्द गरेको हो।

गण्डकी प्रदेश : मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन्। प्रदेश प्रमुख सीता पौडेलले दिएको२४ घण्टाको समय सकिनुअघि गुरुङले राजपाका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनसहित दावी गरेका हुन्। २७ गते गुरुङले लिएको विश्वासको मतमा बहुमत नपुगेपछि सरकार ढलेको थियो।

गण्डकी प्रदेश : पार्टीको ह्विप नमान्ने जनमोर्चाका सांसद थापाको पद खारेज हुने

पर्वत : राष्ट्रिय जनमोर्चाको बागलुङबाट प्रदेश सांसद निर्वाचित कृष्ण थापाको सांसद पद गुमेको छ। जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले थापालाई सांसद नै नरहने गरी कारबाही गर्दै प्रदेश सभा सचिवालयलाई चिठी लेखेको हो।सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद् सचिवालयलाई पत्र पठाएका थिए। संसद् सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ। पार्टीको ह्विप नै उल्लङ्घन गरेपछि बाध्य भएर उनलाई कारबाही गर्नु परेको जनमोर्चाले बताएको छ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङव

गण्डकीका जनमोर्चा नेता थापा भन्छन्, ‘ह्वीपबारे थाहा छैन’

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले ह्वीपबारे आफूलाई जानकारी नभएको बताएका छन्।

गण्डकी प्रदेश अंकगणितः जनमोर्चा जता, सरकार त्यता

पोखरा। गण्डकी प्रदेशमा सरकार बनाउन राष्ट्रिय जनमोर्चा निर्णयक हुनेछ। गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्ताव दर्ता भएको हो। ६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि३१ जना सांसद आवश्यक पर्छ। विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा कांग्रेसका १५ र माओवादीका ११ जना सांसद छन्। यस्तै जसपाले समर्थन गरेको अवस्थामा २ गरी २८ सांसद हुनेछन्।

गण्डकी प्रदेश : सरकार गठनबारे कांग्रेसले दलहरुसँग छलफल गर्दै

काठमाडौं : गण्डकी प्रदेश सरकारको नेतृत्व लिने तयारी गरेको नेपाली कांग्रेसले सरकार गठनबारे आज पनि दलहरूसँग छलफल गर्दैछ। प्रदेशसभाको विशेष अधिवेशन भोलिका लागि आह्वान गरिएकोले कांग्रेसले त्यसअघि नयाँ सरकारको प्रारुप तयार गर्न विपक्षी दलहरूसँग छलफल गर्न लागेको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाबीच समझदारी बनेको छ। कांग्रेसले हिजो प्रदेश संसदीय दलको बैठक र सत्ता साझेदार