पर्वत : अमेरिकी सहयोग परियोजना जालझेल गरेर अनुमोदन गरेको भन्दै राष्ट्रिय जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ। राष्ट्रिय जनमोर्चा बाहिरिएसँगै यसको तरङ्गले गण्डकी प्रदेश सरकारलाई पहिले छुन्छ।गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री बनाउने बेलामा निर्णायक भूमिकामा रहेको दल नै जनमोर्चा थियो। केन्द्रीय गठबन्धन तोडेको बेलामा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने बारेमा भने जनमोर्चाले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि गण