गण्डकी प्रदेश : सरकार गठनबारे कांग्रेसले दलहरुसँग छलफल गर्दै

काठमाडौं : गण्डकी प्रदेश सरकारको नेतृत्व लिने तयारी गरेको नेपाली कांग्रेसले सरकार गठनबारे आज पनि दलहरूसँग छलफल गर्दैछ। प्रदेशसभाको विशेष अधिवेशन भोलिका लागि आह्वान गरिएकोले कांग्रेसले त्यसअघि नयाँ सरकारको प्रारुप तयार गर्न विपक्षी दलहरूसँग छलफल गर्न लागेको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाबीच समझदारी बनेको छ। कांग्रेसले हिजो प्रदेश संसदीय दलको बैठक र सत्ता साझेदार