काठमाडौं । बुधबार (बैशाख २२) नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा आइपुगेको छ । आज ६ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ४८ लाख ६७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । आज ४ समूहको सूचक वृद्धि भएको छ भने बाँकी समुहको सूचक घटेको छ । दुईवटा कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिले बढेको छ । सेयर मूल्य १० प्रतिशतले बृद्धि हुने कम्पनीमा रैर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट