एक वर्षमा ४२ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति, अधिकांश जलविद्युत कम्पनी

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७९/८० मा ४२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ५० प्रतिशत बढी हो । आर्थिक वर्ष २०७८/७९ मा २८ कम्पनीले मात्रै आईपीओ निष्कासन गर्न अनुमति पाएका  थिए ।  गत आर्थिक वर्षमा आईपीओ निष्कासन गर्न अनुमति पाएका कम्पनीहरूमध्ये अधिकांशले आईपीओ निष्कासन गरिसकेका छन् । एक वर्षमा आईपीओ निष्कासन गर्न स्वीकृति पाएका कम्पनीहरूमध्ये अधिकांश जलविद्युत कम्पनीहरू छन् । आईपीओ निष्कासन गर्न स्वीकृति पाएका कम्पनीहरूमध्ये २९ जलविद्युत कम्पनी, ४ लघुवित्त कम्पनी, ४ बीमा कम्पनी, २ अन्य कम्पनी र होटल, लगानी र उत्पादन तथा प्रशोधन समूहका एक एक कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । सेबोनले रू. २२ अर्ब ३७ करोड ८६ लाख बराबरको १३ करोड ५२ लाख ३९ हजार ९९४ कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । 

सम्बन्धित सामग्री

शेयर बजारमा १५ अर्बको आईपीओ आउँदै, कुन-कुन कम्पनीले कति मूल्यमा निकाल्दैछन् ?

काठमाडौं । शेयर बजारमा १५ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ मूल्यभन्दा बढीको आईपीओ थपिँदैछ । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार दुई दर्जन कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्नेमा अधिकांश जलविद्युत कम्पनी छन् । ११ वटा जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति मागेका छन् । यी जलविद्युत […]

दुई जलविद्युत कम्पनीको आईपीओ आउँदै, बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।बोर्डको अनुमति पाएसँगै विन्ध्यवासिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५४ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ बिक्री खुलाउने छ । कम्पनीको यस आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी कम्पनीले २९ करोड ५१ लाख ९२ ह

आईपीओ ल्याउने तयारीमा २८ कम्पनी, कुनैले पनि पाएनन् अनुमति

विभिन्न क्षेत्रका २८ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । उनीहरू सर्वसाधारणलाई आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेका हुन् ।तर, आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेको ती कुनै पनि कम्पनीले पछिल्लो समय अनुमति पाएका छैनन् । खास गरी, सेयर बजारको नियामकको हैसियतमा रहेको धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा आईपीओ निष्कासनको अनुमति नपाएका हुन् ।बोर्डमा १८ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त कम्पनी, २ वटा बीमा कम्पनी र २ वटा अन्य कम्पनीले अनुमति माग