राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले नयाँ नेतृत्वको दौडमा रहेका राजेन्द्र लिङ्देनलाई ‘काँचो नेतृत्व’ को संज्ञा दिएका छन् । लिङ्देन पक्षले राणाको समर्थन आफूहरुलाई रहेको भन्दै प्रचार गरेपछि उनले यस्तो बताएका हुन् ।
राणाले हस्तलिखित विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै कुतत्वल फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोस्ट गरेको देखेँ । यो सरासर झुट हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको स्पष्ट पार्न चाहन्छु ।’
यसअघि राणाले आफूले नयाँ नेतृत्व चयनका लागि सहमतिको प्र...