काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराले आफू राजेन्द्र लिङ्देनको विपक्षमा रहेको बताएका छन्। 'कुन कू-तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्या देखेँ, यो सरासर झुट कुरा हो।' उनले सामाजिक संजालमा लेखेका छन्, 'यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु।’राप्रपाका तीन अध्यक्षमध्ये कमल थापा फेरि अध्यक्षको प्रतिष्पर्धामा छन् । अर्का अध्यक्ष डा.प्रकाश