पर्वत : डोटीकी चन्द्रिका देउवा अहिले जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी जवान हुन्। उनी पर्वत सरुवा भएको त धेरै भएको छैन तर परिवारसँगै बसेर दशैँ नमनाएको २/३ वर्ष भयो।दशैँका बेला कर्तव्य पूरा गर्नका लागि कहिले कता कहिले कता कुदिरहेकी उनलाई आजभोलि दशैँमा घर जानै पर्छ भन्ने पनि लाग्दैन।‘भर्ती हुनासाथ त घरको याद कति हो कति आउने, जति बेला पनि घर सम्झिने। झन् चाडबाडका बेला त घरपरिवारकै यादले सताउने’, चन्द्रिका भन्छिन्, ‘आजभोलि त बानी परिसकेको छ, चाडबाड आउँदा सुरक्