विराटनगर प्रमुखमा जितेपछि नागेशले भने, ‘सबैको इच्छाअनुसार काम गर्छु’

विराटनगरमा सहज जीत निकालेका काँग्रेसका नागेश कोइरालाले सबैलाई मिलाएर सबैको चाहना बमोजिम आफू अगाडि बढ्ने बताएका छन् । विराटनगर प्रमुखमा जितेका उनका लागि नगर कार्यपालिकामा बहुमत सदस्य एमालेबाट आउने भए पनि काम गर्न असहज त हुँदैन भन्ने प्रश्न पनि उठेको छ ।‘सबै जितेका जति विराटनगरको विकास गर्ने भनेरै आउनु भएको छ । उहाँहरूको इच्छा अनुसार नै म पनि काम गर्ने हो । मलाई ठूलो पदमा पठाए, कसैलाई सानो पदमा पठाएका छन्, तर हामी सबै बराबर हौँ,’ अल्पमतमा पर्नुभयो कसरी मिलाउनु हुन्छ भन्ने प्रश्नमा

सम्बन्धित सामग्री

वीरेन्द्र सभागृह जीर्णोद्धारको काम अन्तिम चरणमा

विराटनगर–७ स्थित वीरेन्द्र सभागृहको जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको छ। सभागृह जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले बताए।...

‘विराटनगर महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ’

मोरङ – विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको मेयर नागेश कोइरालाले बताएका छन्। महानगरले वडा नम्बर १८ बाट सुरु गरेको निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा मेयर कोइरालाले जनताको स्वास्थ्यप्रति महानगर गम्भीर र सचेत रहँदै सबै वडामा शिविर सेवा पु–याउने जानकारी दिए। महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गर्दै मेयर कोइरालाले महानगरले सबैको सहजताका […]

विराटनगर जुट मिल सञ्चालन होला ?

गत साउन १० गते उद्योग तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले विराटनगर जुटमिल चलाउने उद्घोष गरे । सरकार साँच्चै विराटनगर जुटमिल चलाउन चाहन्छ कि यो एउटा राजनीतिक स्टन्टमात्रै हो भन्नेबारे अहिले बहस भइरहेको छ । सरोकारवालाहरूका अनुसार विराटनगर जुटमिल चलाउनु भनेको सरकारका लागि फलामको च्यूरा चपाउनुसरह हुने देखिन्छ ।जुटमिल उद्योगमा लामो समयदेखि काम गरेको अनुभव सँगालेका मोहनचन्द्र घिमिरे विराटनगर जुटमिल सञ्चालन धेरै गाह्रो विषय रहेको बताउँछन् । उनी प्रश्न गर्छन्, ‘नेपालमा कामदार छैनन्, तयारी जु

विराटनगर विमानस्थल सडकको शिलान्यास

मोरङ – विराटनगर महानगरपालिका सौन्दर्यकरणका क्रममा विमानस्थल सडकको शिलान्यास गरिएको छ। विराटनगर–४ स्थित विमानस्थल जाने ४ सय १५ मिटर लम्बाईको सडक सौन्दर्यकरण गरिने मेयर भीम पराजुलीले जानकारी दिए। महानगरलाई स्वच्छ स्वस्थ्य र सुन्दर बनाउने परिकल्पनासाथ विमानस्थल रोड, बजारतर्फ हिमालय रोडलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको बताए। विमानस्थलतर्फको रोडको काम ०७९ को जेठसम्म सक्ने गरी काम […]

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति हुन्छ : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तराेन्नति गरिने बताउनुभएको छ । आज शुक्रबार विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले  चाँडै नै विराटनगर  विमानस्थलको स्तराेन्नति लगायत अन्य भौतिक  संरचना  निर्माणको काम गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “विराटनगर विमानस्थलको  स्तराेन्नतिका लागि बजेट विनियोज भइसकेको छ, यहाँ निर्माण गर्नु पर्ने भौतिक संरचनादेखि कन्भेर बेल्ट लगायतको काम चाँडै हुने ...

विराटनगर विमानस्थलको स्तरोन्नति हुन्छ- मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने बताएका छन् ।  विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न भन्दै तीन वटै तहका सरकारबीच सम्झौता भएको डेढ वर्ष बितिसक्दासमेत निर्माणको काम शुरू नभइरहेका बेला मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन् ।  २०७७ भदौ २० गते विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी इन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्यन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले विम...

विराटनगर महानगरपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकलाई क्षतिपुर्ति दिने

विराटनगर महानगरपालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको पञ्जीकरण गरेर उनीहरुलाई दुर्घटना वापतको  क्षतिपुर्ति दिने भएको छ। सरकारले पंजिकरण नगर्दा शोषण खेप्दै आएका अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु विपद् र महामारीको बेला...

बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र

विराटनगर । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण थालिएको भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र परेको छ । मुआब्जा विवाददेखि लिएर ठेकेदारले काम नगरी बीचैमा भागेका कारण रेलमार्ग विस्तारको काम अलपत्र परेको हो ।सन् २०१९ डिसेम्बर १२ सम्ममा बथनाहादेखि नेपालतर्फको बुधनगर हुँदै कटहरीसम्म रेल सञ्चालन गर्ने योजनाअनुसार सन् २०११ बाट कुल १८.६०१ किलोमिटर लामो रेलमार्ग विस्तारको काम सुरु भएको थियो । तर ९ वर्ष पूरा भइसक्दा पनि नेपालतर्फको रेलमार्ग निर्माणका लागि अझै ८

विराटनगर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा ८ घण्टा बत्ती जाने

काठमाण्डाै - प्रदेश-१ को विराटनगर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रहरुमा आज ८ घण्टा बत्ती जाने भएको छ । ३३ केपी क्षमताको आरती स्ट्रिप, विराटनगर इन्ड्रस्ट्रियल एयरपोर्ट डेडिकेडेटलगायत फिडरमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काटेर काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यी क्षेत्रहरुमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।