संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने बताएका छन् ।
विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न भन्दै तीन वटै तहका सरकारबीच सम्झौता भएको डेढ वर्ष बितिसक्दासमेत निर्माणको काम शुरू नभइरहेका बेला मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन् ।
२०७७ भदौ २० गते विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी इन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्यन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले विम...