विराटनगर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा ८ घण्टा बत्ती जाने

काठमाण्डाै - प्रदेश-१ को विराटनगर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रहरुमा आज ८ घण्टा बत्ती जाने भएको छ । ३३ केपी क्षमताको आरती स्ट्रिप, विराटनगर इन्ड्रस्ट्रियल एयरपोर्ट डेडिकेडेटलगायत फिडरमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काटेर काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यी क्षेत्रहरुमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।