काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झन्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन्। राजनीतिक दलहरूको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा ५ लाख बढी नागरिक नागरिकताविहीन भएका हुन्।तिनै नागरिक अहिले मतदान प्रक्रियाबाट वञ्चित भएका छन्। निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको छ। जसमा महिला ८८ लाख ४७ हजार ५ सय ७९ जना, पुरूष ९१ लाख ४० हजार ८ सय ६