ओखलढुंगा प्रतिनिधिसभामा यज्ञराज सुनुवार विजयी

यहाँको प्रतिनिधिसभाका लागि वाम गठबन्धनतर्फका एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी भएका छन् । कांग्रेसका उम्मेद्वार रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत अन्तरसहित ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन् । खतिवडाले भने २७ हजार ३ सय २७ मत पाए ।

सम्बन्धित सामग्री

बिरासत फर्काउन र जित जोगाउन आम्ने साम्ने खतिवडा र सुनुवार

काठमाडौं। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगामा नेपाली कांग्रेस बिरासत फर्काउन र एमाले जितको निरन्तरताको लडाइँमा छ । यही लडाइँ जित्नका लागि कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा र एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार चुनावी मैदानमा उत्रिएका हुन् । २०१५ सालको आम निर्वाचन देखि २०५६ सालको निर्वाचन सम्म आउँदा नेपाली कांग्रेसले एकछत्र जित्दै आएको भुमि ओखलढुंगा २०६४ […]

नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा  शंकर कट्वाल विजयी

नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा  शंकर कट्वाल भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गरेका छन् । कट्वालले ४०० मत ल्याए । उनलाई नेताहरु बालकृष्ण ढु‌गेल, अम्बीर गुरुङ र नानीबाबु बुढाथोकीले समर्थन गरेका थिए ।पराजित भएका गुरुङले २७६ मत पाए । दुबै नेता ओली गुटका हुन् । नेकपा हुँदा उनीहरु संसद विघटनको पक्षमा उभिएका थिए । गुरुङलाई सांसद यज्ञराज सुनुवार, किशोर अधिकारी र मोहन श्रेष्ठले समर्थन गरेका

ओखलढुंगामा वाम गठबन्धनको क्लिनस्वीप, कांग्रेसका रामहरीले भने- मेरो पनि जित भयो

२३ मंसिर, ओखलढुंगा । नेपाली कांग्रेसले आफ्नो गढको रुपमा दावी गर्दै आएको ओखलढुंगामा संघीय प्रतिनिधि सभा र प्रदेश सभाका तीनवटै सिट जितेर वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । संघीय प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार विजयी भए । उनले कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत …

प्रदेश नम्बर एकका सातै जिल्लामा वाम गठबन्धन अगाडि, को कहाँ अगाडि

प्रदेश नम्बर एकमा पहिलो चरणमा चुनाव भएका ७ जिल्लाको मतगणना बिहिबार साँझदेखी सुरु भएको छ। पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर र खोटाङमा मतगणना सुरु भएको हो। ओखलढुंगामा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनका उम्मेदवार एमाले नेता यज्ञराज सुनुवार ९१३६ मतसहित अग्रस्थानमा छन्। सुरूवाती परिणाम अनुसार उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका…

ओखलढुंगाको चुनावः रोचक बन्दै यज्ञराज र रामहरिको भिडन्त

५ कात्तिक, ओखलढुंगा । जिल्लामा संघीय प्रतिनिधिसभाका उम्मेदवारको चर्चाले प्रदेशसभाका उम्मेदवारहरु छाँयामा परेका छन् । संविधानसभा निर्वाचनमा ओखलढुंगाका फरक-फरक निर्वाचन क्षेत्रबाट जितेका एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार र कांग्रेसका रामहरि खतिवडा प्रतिनिधिसभा सदस्यका लागि भिड्दैछन् । सुनुवार र खतिवडा दुबैजना संविधानसभा र व्यवस्थापिका संसदमा प्रभावकारी प्रस्तुति देखाएर चर्चामा आएका युवा नेता हुन् …