५ कात्तिक, ओखलढुंगा । जिल्लामा संघीय प्रतिनिधिसभाका उम्मेदवारको चर्चाले प्रदेशसभाका उम्मेदवारहरु छाँयामा परेका छन् ।
संविधानसभा निर्वाचनमा ओखलढुंगाका फरक-फरक निर्वाचन क्षेत्रबाट जितेका एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार र कांग्रेसका रामहरि खतिवडा प्रतिनिधिसभा सदस्यका लागि भिड्दैछन् ।
सुनुवार र खतिवडा दुबैजना संविधानसभा र व्यवस्थापिका संसदमा प्रभावकारी प्रस्तुति देखाएर चर्चामा आएका युवा नेता हुन् …