धनुषा प्रहरीले डेढ महिनाको अवधिमा ९ वटा बालविवाह रोक्न सफल भएको जानकारी दिएको छ । माघ महिनामा ३ र फागुनको १५ गतेसम्ममा ६ वटा बालविवाह रोक्न सफल भएको प्रहरीले बताएको हो ।धनुषाको शहिदनगर नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा बालविवाह रोक्न सफल भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत बताउँछन्। सबैभन्दा बढी बालविवाह विदेह नगरपालिकामा भएको उनको भनाइ छ ।बस्नेतले भ