पोखरामा सम्पन्न साहित्य महोत्सवका क्रममा गभर्नर महाप्रसाद अधिकारीलाई सोध्न मन लागेका कतिपय प्रश्न समयको सीमाका कारण सोध्न पाइन। यही लेखमार्फत ती प्रश्नहरु गभर्नर अधिकारीलाई राखेको छु। १. गभर्नरज्यू, राष्ट्र बैँकले जारी गर्ने मौद्रिक नीति निर्माणका क्रममा बैँकका महत्त्वपूर्ण सरोकारवालाको आवाज सुन्ने कुनै संयन्त्र हुँदैन। बैँकका लगानीकर्ताहरुको मात्र आवाज सुनेर मौद्रिक नीतिको निर्माण हुन्छ। बैँकबाट लाख, […]