अभियान लघुवित्तको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा गोष्ठी धुलिखेलमा सम्पन्न भएको छ । गोष्ठीमा सञ्चालक, संस्थाका ५ अनुगमन कार्यालय प्रमुख र ६० शाखा प्रमुखको उपस्थिति थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बाबुराम थापाले बैंकसम्म वित्तीय पहुँच नभएका दुर्गम क्षेत्रका नागरिकलाई लघुवित्त संस्थाले घरदैलोमा पुगेर वित्तीय सेवा दिइरहेको बताए । ‘कृषि कर्जा, पशुपालन कर्जा, मौसमी कर्जा दिएर आम किसानको हितको लागि लघुवित्त संस्थाले महत्त्वपूर्ण काम गरेको छ,’ अध्यक्ष थापाले भने । गोष्ठीमा संस्थाका सञ्चालक भोजराज भट्टराईले महिला, किसान र आर्थिक तथा सामाजिक रूपमा पछि परेका वर्गको हितमा काम गर्नुपर्ने र उनीहरूको हित भएमा मात्र संस्थाको हित हुने बताए । कार्यक्रममा सञ्चालक केशव थापाले लघुवित्त कार्यक्रमले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए । गोष्ठीमा प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले लघुवित्त कार्यक्रमबाट ऋणीको हितलाई ध्यान दिएर काम गर्नुपर्ने भन्दै लघुवित्त संस्थाका शाखा संख्या धेरै भएर पनि पछिल्लो असहज स्थिति आएको बताए । 

सम्बन्धित सामग्री

स्वास्थ्य संस्थाहरूको अर्धवार्षिक समीक्षा गोष्ठी सुरु

सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थाको अर्धवार्षिक समीक्षा गोष्ठी शनिवारबाट सुरु गरेको छ। दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा सबै स्वास्थ्य संस्थाहरूले अर्धबार्षिक रुपमा गरेका हरेक कृयाक्लापहरूको प्रस्तुती गर्न सुरु गरेका छन्। आईतबार सम्पन्न हुने गोष्ठीको पहिलो दिन ठेहे, स्याँडा, डाँडाफया स्वास्थ्य चौकी, दोजाम आधारभुत स्वास्थ्य सेवा केन्द्र, तथा कुम्लिक र […]

एनआईसी एशिया लघुवित्तको गण्डकी प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बिहीवार गण्डकी प्रदेशअन्तर्गतका २७ शाखा कार्यालयको अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ । कार्यक्रममा शाखामा देखिएका समस्या, चुनौती तथा समाधानका उपायका साथै चालू तेस्रो त्रैमासको रणनीतिबारे छलफल भएको थियो । संस्था सञ्चालक समितिका अध्यक्ष सुवर्ण ढकालले कर्मचारीले सकारात्मक सोचले संस्थाले लिएको लक्ष्यलाई जिम्मेवारीपूर्ण ढंगले पूरा गर्न प्रेरित गरे । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, गण्डकी प्रदेशका ओभरसाइट अफिसर अनितजंग पाण्डे, संस्थाका गण्डकी प्रदेशका प्रदेश प्रमुख, उपप्रमुख तथा सपोर्ट अफिसर लगायत शाखा प्रबन्धकहरूकोे उपस्थिति थियो ।

कोहलपुर नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न

नेपालगञ्ज– कोहलपुर नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न भएको छ। बुधबार नगर सभामा आयोजित चौधौं नगर अधिवेशन मार्फत चालु आ.व. को अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नगर सभामा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षा सहितको प्रतिवेदन पेश गरेकी थिइन्। […]

विकास आयोजनाका काम समयमै सम्पन्न गर्न बुटवल उपमहानगरपालिकाको निर्देशन

लुम्बिनी, १४ पुस । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन गरेको छ । उपमहानगरपालिकाको शुक्रबार सम्पन्न १४औँ नगरसभा अधिवेशनले अर्धवार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि बुटवलका आवश्यकता र प्राथमिकता निर्धारण गर्दै सोहीअनुसार नीति तथा कार्यक्रम पारित गरेको छ । नगरसभाले […]

स्वास्थ्य सेवा कार्यालयद्वारा दुुईदिने अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट – स्वास्थ्य सेवा कार्यालयले आफ्नो र जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्य शाखाको अर्धवार्षिक समीक्षा कार्यक्रम गरेको छ। जिल्लाभरिका स्वास्थ्य संस्थाले गरेको प्रगतिमाथि जलफल गर्न सो समीक्षा कार्यक्रम गरिएको हो। कार्यालय प्रमुख प्रेमबहादुुर सिंहले दुुई दिनसम्म जिल्लाका सात वटा गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले गरेका हालसम्मका गतिविधिको समीक्षा गरेको बताए। पहिलो दिन सबै गाउँपालिकाले साउन […]

राक्सिराङ गाउँपालिकाको १३औँ गाउँसभाबाट सम्पन्न

मकवानपुरको राक्सिराङ गाउँपालिकाको शुक्रबार सम्पन्न १३औँ गाउँसभाले अर्धवार्षिक समीक्षा अनुमोदन गरेको छ । साथै, सर्वसम्मत रूपमा विभिन्न सात प्रस्ताव पारित गरेको छ । कार्यपालिका सदस्य तथा राक्सिराङ– १ का अध्यक्ष बाबीराम...

भक्तपुर जिल्लाको चालू आवको अर्धवार्षिक समीक्षा सम्पन्न

भकतपुर । जिल्ला समन्वय समिति भक्तपुरको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न आज भएको छ । सोमबार भएको संघीय, प्रदेश सरकारका कार्यालय तथा स्थानीय तहको आव २०७८/०७९ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्लाका चार नगरपालिका र संघीय तथा प्रदेशलगायतका १८ कार्यालयले चालू आवका छ महिनामा भएको प्रगतिका बारेमा प्रस्तुति गरेका थिए । कार्यक्रममा जिसस भक्तपुरका प्रमुख […]

भक्तपुर जिल्लाको चालू आवको अर्धवार्षिक समीक्षा सम्पन्न

जिल्ला समन्वय समिति भक्तपुरको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न आज भएको छ । सोमबार भएको  संघीय, प्रदेश सरकारका कार्यालय तथा स्थानीय तहको आव २०७८/०७९ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्लाका चार नगरपालिका र संघीय तथा प्रदेशलगायतका १८ कार्यालयले चालू आवका छ महिनामा भएको प्रगतिका बारेमा प्रस्तुति गरेका थिए ।    कार्यक्रममा जिसस भक्तपुरका प्रमुख नवराज गेलालले नगरपालिकादेखि कार्यालय समेतले आफ्नो प्रस्तुतीकरण गर्ने तर छलफलमा नबसी जाने गर्नु गलत भएको बताए ।  समी

काठमाडौं महानगरको अर्धवार्षिक समीक्षा : रोकिएका काम तीब्र बनाउनु पर्नेमा जोड

महानगरले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ६९ वटा पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको छ । २०१ वटा चालु र १६५ वटा गएको बर्षबाट दायित्व सरेर आएका गरी ३६६ वटामध्ये २२५ वटा कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरू हुन बाँकी रहेको समीक्षामा जानकारी दिइएको थियो ।  यस अवधिमा २३ किलोमिटर सडक कालेपत्रे गरिएको छ । ३४ हजार १६५ बर्गमिटर सडक मर्मत गरिएको महानगरले जनाएको छ ।  महानगरका अनुसार, ४ वटा वडा भवन, २ वटा अन्य भवन र २ वटा आकाशे पुल निर्माण सम्पन्न गरिएको छ ।  ३ किलोमिटर ६१ मिटर सडक ढलान गर...