कालीकाेट जीप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि सुर्खेत लगियो

कालीकोट – कर्णाली करिडोरको खुलालु–लैफु सडक खण्डअन्तर्गत सान्नी त्रिवेणी २ आमतडामा हिजाे आइतवार बिहान भएको जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।   हिजो मौसम खराबका कारण हेलिकप्टर आउन नसकेपछि घाइतेहरूलाई जिल्ला अस्पताल कालीकोट ल्याएर उपचार गरिएको थियो । घाइते ११ जनामध्ये रास्कोट नगरपालिका ९ का नरपती लुवार र लक्ष्मी बराललाई थप उपचारका लागि सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । अन्य घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । ...

सम्बन्धित सामग्री

भूकम्पः तीन घाइतेलाई उपचारका लागि सुर्खेत पठाइयो - NepaliPatra

त्रिवेणी । भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । नेपाली सेनाको हेलिकप्टोरमार्फत आज बिहान उपचारका लागि सुर्खेत पठाइएको हो । डाक्टर, स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री लिएर आठविसकोट नगरपालिका पुगेको हेलिकप्टोरमार्फत तीन जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाएको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत […]

रुकुम पश्चिमका तीन घाइतेलाई सुर्खेत पठाइयो

रुकुम पश्चिम– भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।  नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान उपचारका लागि सुर्खेत पठाइएको हो । डाक्टर, स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री लिएर आठविसकोट नगरपालिका पुगेको हेलिकप्टोरमार्फत तीन जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाएको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत […]

नेपालगञ्जबाट सुर्खेत जाँदै गरेका कार्की गाडी रोकेका बेला खोलामा हाम्फालेर अस्ताए

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित रत्न राजमार्गअन्तर्गत पर्ने टोलीखोला पुलबाट हाम्फालेका एक व्यक्तिको मृत्यु भएको छ।आइतबार राति साढे ११ बजेको समयमा पुलबाट हाम्फालेको दैलेखको आठबीस नगरपालिका–३ बस्ने वर्ष ३८ का दीपक कार्कीको उपचारका क्रममा मृत्यु भएको हो।कार्की नेपालगञ्जबाट कर्णाली प्रदेश २४७ नम्बरको बसमा सुर्खेत आउँदै थिए। बस टोली खोला पुल नजिकै खाना खान रोकिएको थियो। सोही क्रममा खाेलामा हाम्फालेका कार्की घाइते भएकामा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सु

झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

सुर्खेत– रुकुम पश्चिमको आठबीसकोटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ । आज आइतबार दिउँसो आठबीसकोट नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकोट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य […]

रुकुम पश्चिम : झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत लगियो

रुकुम पश्चिम – रुकुम पश्चिमकाे आठबीसकाेटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएकाे छ ।  आज आइतवार दिउँसो आठबीसकोट नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकाेट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवाबीच आइतवार दिउँसो ४ बजेतिर झडप भएको हो ।  घाइते शाहलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयक...

उपचारका क्रममा बालिकाको मृत्युपछि सुर्खेत प्रदेश अस्पतालमा तनाव

सुर्खेत : प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा एक बालिकाको मृत्यु भएको छ। दैलेखको नारायण नगरपालिका–४ की साढे दुई वर्षीया बालिका कुसुम कटुवालको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।बालिकाको चार दिन पहिले नाकको प्वालमा मकैको दाना अड्किएको थियो। मकै अड्किएको केही समयपछि श्वासप्रश्वासमा समस्या देखिएपछि बालिकाको परिवारले उपचारको लागि दैलेख अस्पतालमा भर्ना गरेका थिए। दैलेख अस्पतलामा नाकमा मकैको दाना हेर्ने मेसिन नभएपछि अस्पतालले प्रदेश अस्पताल सुर्खेत लैजान सुझाव दिएको थियो।बालिकाला

दुर्घटनामा गम्भीर घाइते भएकालाई सेनाको हेलिकप्टरबाट उद्धार

दुर्घटनामा गम्भीर घाइते भएका रास्कोट नगरपालिका-९ का लक्ष्मीप्रसाद बराल र टेक लुवारलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ ।

उपचारका लागि सहयोगको अपिल

सुर्खेत : जिल्लाको बराहताल गाउँपालिका ८ ग्वलेकाडा भक्तबहादुर कामीको आँखाको उपचारको लागि परिवारले सहयोगको अपिल गरेको छ। पुर्णबहादुर कामीका १५ वर्षीय छोरा भक्तबहादुरको यही वैशाख २३ गते आफ्नै घरमा कामगर्ने शिलसिलामा आखामा ढुङ्गाले लागेर आँखा फुटेको हुँदा उपचारमा समस्या भएको हो।उपचार काठमाडौ तिलगंगा आँखा अस्पतालमा गर्नुपर्ने र पैसा नभएको भन्दै छोराको उपचारको लागि पूर्णबहादुरले सहयोग मागेका हुन्।उनको परिवारिक आर्थिक अवस्था एकदमै नाजुक भएका कराण उपचारका लागि सबैसामु सहयोगको अपेक्षा गरेका छन्। छोराको आ

डोल्पाका २ जना कोरोना संक्रमित उपचारका लागि हेलिकप्टरबाट काठमाडौंमा

१७ पुस, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमित डोल्पाका एक वडाध्यक्ष र शिक्षकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । ठुलिभेरी नगरपालिका–२, डोल्पाका ६० वर्षीय वडाध्यक्ष र सरस्वती माध्यामिक विद्यालयमाका ५१ वर्षीय शिक्षकलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं पठाइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाल जानकारी दिए । प्रजिअ ढकालका अनुसार संक्रमित दुबैजनाको अवस्था गम्भीर छ […]