उपचारका क्रममा बालिकाको मृत्युपछि सुर्खेत प्रदेश अस्पतालमा तनाव

सुर्खेत : प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा एक बालिकाको मृत्यु भएको छ। दैलेखको नारायण नगरपालिका–४ की साढे दुई वर्षीया बालिका कुसुम कटुवालको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।बालिकाको चार दिन पहिले नाकको प्वालमा मकैको दाना अड्किएको थियो। मकै अड्किएको केही समयपछि श्वासप्रश्वासमा समस्या देखिएपछि बालिकाको परिवारले उपचारको लागि दैलेख अस्पतालमा भर्ना गरेका थिए। दैलेख अस्पतलामा नाकमा मकैको दाना हेर्ने मेसिन नभएपछि अस्पतालले प्रदेश अस्पताल सुर्खेत लैजान सुझाव दिएको थियो।बालिकाला