ओमिक्रोन बढ्न सक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं, २३ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई ध्यान दिँदै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो। आजमात्रै नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । मन्त्रालयले उपचारका […]

सम्बन्धित सामग्री

ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छ?

ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विभिन्न देशहरूले महामारी नियन्त्रणसम्बन्धी रणनीति परिवर्तन गरेका छन्। खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण गराउन सक्ने क्षमता भएको ओमिक्रोन अन्य भेरिअन्टहरूभन्दा सङ्क्रामक छ।सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमितहरू अस्पताल भर्ना हुने सम्भावना भने नाटकीय रूपमा कम देखिएको छ।दुई मात्राको खोप लगाएका र बूस्टर मात्रा खोप लगाएका व्यक्तिहरूमा यो सङ्क्रमण भए पनि अस्पताल भर्ना हुने सम्भावना कम रहेको प्रमाण छन्।यसले अमेरिका र युकेसहित धेरै देशहरूलाई सङ्क्रमितहरू एकान्तवास बस्ने समय छोट्याएर पाँच दिन राख्न प्रेरित गरेको छ। यसले मानिसहरू सङ्क्रमित भएपछि काममा वा विद्यालयमा बिदा बस्दा हुने समस्या कम गर्ने बताइएको छ।तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ओमिक्रोनसँग निर्धक्क नहुन चेतावनी दिएको छ। उसले खोप नलगाएका मानिसहरूमा यो भेरिअन्ट अझै पनि घातक रहेको बताएको छ।त्यसो भए एकान्तवासको अवधि घटाउने निर्देशिका केमा आधारित छ? हामीलाई नयाँ भेरिअन्ट फैलिने तरिकाबारे के थाहा छ?कति दिनमा लक्षण देखिन्छ?ओमिक्रोन भेरिअन्टबारे कमै मात्र अध्ययन भए पनि अनुसन्धानले यो भेरिअन्ट अन्यको तुलनामा कमजोर मात्रै देखाएको छैन, भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ।यसअघिका कोरोनाभाइरसका भेरिअन्टहरूबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न पाँचदेखि छ दिनसम्म लाग्ने गरेको थियो। डेल्टा भेरिअन्टको हकमा चार दिनमा लक्षण देखा पर्थ्यो।ओमिक्रोनबाट सङ्क्रमण भएको अवस्था दुईदेखि तीन दिनभित्र लक्षणहरू देखा पर्ने गरेका छन्। गत डिसेम्बरमा अमेरिकामा प्रकाशित प्रारम्भिक अध्ययनमा ओमिक्रोनको औसत सङ्क्रमण अवधि तीन दिन देखिएको थियो।सङ्क्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिमा एक दिनमै शरीरमा भाइरसहरू बढ्न सुरु हुने स्पेनको इन्टर्न्याश्नल युनिभर्सिटी अफ ला रियोजाका सङ्क्रामक रोग विशेषज्ञ डा. भिसेन्ट सोरियानोले बताए।दुई दिनभित्र गरिएको परीक्षणमा भाइरस देखिन थाल्छ।कति दिनसम्म अरूलाई सर्छ?वैज्ञानिकहरूले सङ्क्रमित व्यक्तिहरूले सङ्क्रमणका सुरुवाती दिनहरूमा बढी सङ्क्रमण फैलाउन सक्ने पत्ता लगाइसकेका छन्। ओमिक्रोनको हकमा लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म यो भाइरस अरूलाई सर्न सक्ने ठानिएको छ।डा सोरियानो भन्छन्, “यो भाइरस पाँच दिनसम्म मात्रै सङ्क्रामक हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टि भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।”उनका अनुसार ओमिक्रोन शरीरमा सात दिनसम्म रहने देखिएको छ। यसको अर्थ लक्षण देखिएको सात दिनपछि लक्षण छैन भने अधिकांश यस्ता व्यक्तिहरूले अरूलाई सङ्क्रमण फैलाउन सक्दैनन्।“तर यो चिकित्सा हो, गणित होइन, त्यसैले यसमा त्यसैले केही तलमाथि हुनसक्छ,” डा. सोरियानो भन्छन्।“केही मानिसहरूमा तीनदेखि चार दिन मात्रै र केहीमा सात दिनसम्म भाइरस रहन सक्छ। ओमिक्रोनमा के चाहिँ निश्चित हो भने यसको सङ्क्रमण यसअघिका भेरिअन्टहरूभन्दा निकै तीव्र फैलिन्छ।”यसमा कुनै व्यक्ति अझै सङ्क्रामक छ वा छैन भनेर ढुक्क हुनका लागि छिटो नतिजा देखाउने एन्टिजन परीक्षण गरिनु सबैभन्दा उत्तम हुने विज्ञहरूको सुझाव छ।“यस्तो परीक्षण सस्तो पनि छ र कुनै व्यक्ति सङ्क्रामक छ वा छैन थाहा पनि दिन्छ,” उनी भन्छन्।लक्षण सहितको सङ्क्रमण भएका व्यक्तिसँग कति दिनपछि भेट्न मिल्छ?अमेरिकाको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडीसीले कोभिड-१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई पाँच दिनको एकान्तवासपछि अरूसँग घुलमिल हुन मिल्ने निर्देशिका प्रकाशित गरेको छ।तर यसमा सर्तहरू छन्।सीडीसीका अनुसार तपाईँ सङ्क्रमित हुनुभयो भने:यदि लक्षण छ भने पाँच दिन अलग्गै बस्नुहोस्। पाँच दिनको गणनाका लागि परीक्षण गरिएको दिनलाई शून्य दिन मान्नुपर्छ।पाँच दिनपछि कुनै लक्षण छैन वा सुधार हुँदै छ भने एकान्तवास अन्त्य गर्दा हुन्छ।अन्य मानिसहरूसँग भेट्दा थप पाँच दिन मास्कको प्रयोग गर्नु पर्छ।लक्षण देखिएको पहिलो दिनबाट १० दिनसम्म सकेसम्म यात्रामा ननिस्कनुहोस्।ज्वरो छ भने ज्वरो रहँदासम्म अलग्गै बस्नु पर्छ।लक्षण नभए कति दिन सङ्क्रामक?कोभिड भएका धेरै मानिसहरूमा सङ्क्रमण भएको अवधिभर लक्षण नदेखिएको अनुभव पनि छ। डा। सोरियानोका अनुसार उनीहरूले पनि लक्षण भएका व्यक्तिहरू जति नै आफूमा सङ्क्रमण रहिरहेको बुझ्नुपर्छ।“लक्षणविनाको सङ्क्रमणबारे अझै धेरै कुराहरू खुल्न बाँकी छ। तर सङ्क्रमण रहिरहने अवधि चाहिँ लक्षण भएका व्यक्तिहरूसँग समान नै हुन्छ,” सोरियानोले भने।“बालबालिकाहरूमा धेरैजसो लक्षण देखिँदैन। लक्षण नभए पनि लक्षण भएका वयस्कहरूको जति नै उनीहरूमा पनि भाइरल रहेको अध्ययनहरूले देखाएका छन्।”लक्षण नभएको व्यक्तिले अरूलाई सार्न सक्छ?अध्ययनहरूले कोभिडबाट सङ्क्रमित भएका व्यक्तिहरूमा लक्षण नदेखिए पनि अरूलाई सङ्क्रमण सार्न सक्ने देखाएका छन्। उनीहरू छुट्टै पनि नबस्ने र अन्य सावधानीहरू पनि नअपनाउने सम्भावनाका कारण उनीहरूले अरूलाई सङ्क्रमण सार्न सक्ने थप जोखिम हुने गर्छ।अमेरिकामा प्रकाशित अनुसन्धानले हरेक चारमा एउटा सङ्क्रमण लक्षण नभएका मानिसबाट हुने देखाएको छ।यसअघिका भेरिअन्टको तुलनामा ओमिक्रोन भेरिअन्टमा लक्षण नभएकाबाट अझै बढी सङ्क्रमण फैलिन सक्ने ठानिएको छ। अधिकारीहरूले अरूलाई थाहै नपाई सङ्क्रमण सर्नबाट जोगाउन कोठाभित्र बस्दा मास्कको प्रयोग गर्न सिफारिस गरेका छन्।

आइसोलेसन, आइसीयू भेन्टिलेटर,अक्सिजन प्लान्ट दाेब्बर बृद्धि

नेपालमा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएको छ । विश्वमा जस्तै नेपालमा नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । गत जेठमा देखिएको दोस्रो लहरमा अक्सिजनको सङ्कट र आईसीयू बेडको अभावले अनपेक्षित जनधनकाे क्षति पुगेकाे थियाे ।

ओमिक्रोन बढ्न थालेपछि अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

बढ्यो ओमिक्रोन : के भन्छन् काठमाडौंका सिडियो र सीसीएमसीसी ?

केही दिनयता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको ग्राफ उकालो लागेको छ । संक्रमणको जोखिम बढ्न थालेपछि व्यवसायी एवं आम मानिसले सोध्न थालेका छन्– अब के हुन्छ ? के अब फेरि लकडाउन हुन्छ ?संक्रामक ओमिक्रोन भेरियन्ट धमाधम पुष्टि भइरहेको हुनाले संक्रमितको ग्राफ बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शुक्रबारको आँकडाअनुसार नेपालभर संक्रमितको संख्या ९६८ पुगेको छ । थप २४ जनामा ओमिक्रोन पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्था रहन निर्देशनसमेत दिइ

ओमिक्रोन बढ्न थालेपछि अस्पताल र स्वास्थ्यकर्मीलाई तयार रहन मन्त्रालयको निर्देशन

काठमाडौं : एकै पटक २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले ओमिक्रोन भेरियन्टले अस्पतालमा हुनसक्ने अत्याधिक चापलाई मध्यजनर गर्दै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन्।बिरामीलाई आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामग्रीहरूको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले बताइन्।यस्तै सीमानाकामा कोरोना परीक्षणलाई थप

ओमिक्रोन फैलिन नदिन पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोभिड–१९ (कोरोना) को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिन नदिन पूर्वतयारीका साथ रहन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ । महाशाखाले आज (आइतबार) एक सूचना जारी गर्दै ओमिक्रोन फैलिन नदिन सबै निकायले सतर्कता र पूर्वतयारीका साथ रहनुपर्ने जनाएको छ । विगतमा जस्तै ‘केस’हरू बढ्न […]

ओमिक्रोनप्रति समयमै सतर्कता (सम्पादकीय)

शनैः शनैः कोरोना (कोभिड–१९)बाट त्राण पाउन लागेको विश्व फेरि यसैको अर्को प्रकारको रूप (भेरियन्ट)बाट त्रसित हुन थालेको छ । कोभिड–१९ का फलस्वरूप विश्व तथा नेपालमा भएको धनजनको क्षति एवं यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेका दीर्घकालीन प्रतिकूल प्रभावका सम्बन्धमा हामी सबै जानकार नै छौंँ । कोरोनाको यो स्थितिबाट शतप्रतिशत पूर्ण रूपमा मुक्ति नपाउँदै फेरि यसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले अवस्था पुनः पूर्ववत् रूपमा फर्किने हो भन्ने चिन्ता पनि त्यत्तिकै बढ्न थालेको छ । विशेषगरी दक्षिण अफ्रिकाको निकै ठूलो जनसङ्ख्या बसोबास गर्ने गाउटेङ्ग नामक प्रान्तमा केही दिनदेखि कोरोना भाइरस सङ्क्रमणमा निकै बढोत्तरी भइरहेको पाइएको थियो । केही हप्ताअघिसम्म दैनिक दुई सय जनामा कोरोना देखापरिरहेको दक्षिण अफ्रिाकामा दैनिक तीन हजारभन्दा बढीमा कोरोना देखिन थालेपछि विशेषज्ञ टोलीले त्यस क्षेत्रमा परीक्षण गर्दा कोरोनामा बढोत्तरीको ९० प्रतिशतभन्दा बढी यही ओमिक्रोन जिम्मेवार रहेको पत्ता लाग्यो । विज्ञहरू अझै पनि यो भेरियन्टको उद्गम स्थलका सम्बन्धमा जानकार नभए पनि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले यसको प्रकृतिलाई दृष्टिगत गर्दै सजग रहन सबैलाई आह्वान गरिसकेको छ ।