काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाली क्रिकेट विकास लागि सधैँ सहयोग गर्न तयार रहेको जनाएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आर्थिक नियन्त्रण पूर्ण रुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ। यसबारे शनिबार आईसीसीका प्रतिनिधिले नेपालमाथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराएका हुन्। आईसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपालले पूरा गर्नुपर्ने सबै […]