नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहित उनी निकट चार नेतामाथिको कारवाही फुकुवा गरेका छन् । वालुवाटारमा केहीबेरअघि बसेको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेका हुन् ।