टर्बाइन पड्किँदा रोकियो उखु क्रसिङ

टर्बाइन पड्किएर चिनी मिल बन्द हुँदा उखु क्रसिङ रोकिएको छ । गरुडा नगरपालिका–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर मिलको टर्बाइन पड्किएको हो । मिल बन्द हुँदा किसानको करिब २ सय ट्र्याक्टर उखु अलपत्र परेको छ । मिल सञ्चालनमा आउने आसमा कठ्यांगि्रँदो चिसोमा किसान उखु कुरेर बसेका छन् ।

सम्बन्धित सामग्री

सर्लाहीमा ११ लाख क्विन्टल उखु क्रसिङ, २५ करोडभन्दा बढी भुक्तानी

चालु सिजनको हालसम्म सर्लाहीमा ११ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ भएको छ। जिल्लामा रहेका दुई वटा उद्योगले गरेर उक्त परिमाणमा उखु क्रसिङ गरेका हुन्। सर्लाहीमा हाल तीनवटा चिनी उद्योग रहेपनि हालसम्म...

सर्लाहीमा चिनी मिलमा उखु क्रसिङ सुरु

सर्लाही– सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन् । यहाँका तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ सुरु गरेका हुन् । हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले चालु यामका लागि उखुको क्रसिङ सुरु गरेका छन् । अन्नपूर्ण चिनी मिल धनकौलले भने अझै उखु क्रसिङ सुरु गरेको छैन । गत मङ्सिर […]

चिनी मिलले उखु क्रसिङ सुरु नगर्दा किसान चिन्तित

वीरगञ्ज – चिनी मिलले समयमै उखु क्रसिङ सुरु नगर्दा पर्सा बाराका किसान चिन्तित भएका छन्। आफ्नो खेतमा रहेको उखु बिक्री गर्न नपाउँदा किसान मर्कामा परेका हुन्। पर्सा र बाराका उखु किसान उखु क्रसिङका लागि बारामा रहेको रिलायन्स सुगर मिलमा उखु पुर् याउने गरेका छन्। तर, उक्त मिलले पनि हालसम्म क्रसिङ सुरु नगर्दा किसान मर्कामा परेका […]

इन्दुशंकर चिनी उद्योगद्वारा २८ लाख क्विन्टल उखु क्रसिङ

इन्दुशंकर चिनी उद्योग हरिवनले यस सिजनमा २८ लाख क्विन्टल उखु क्रसिङ गरेको छ । योसँगै उद्योगले शुक्रबार रातीबाट यस वर्षको उखु क्रसिङ बन्द गरेको छ । यस उद्योगले गएको पुस...

कपिलवस्तुका उखु किसानले आठ वर्षदेखिको अनुदानबापतको रकम अझै पाएनन्

काठमाडौं । तराईका विभिन्न जिल्लामा उखु क्रसिङ भइरहेको छ । अहिले करिब ७५ प्रतिशत उखु क्रसिङ भइसकेको उखु किसानले बताएका छन् । तर, आर्थिक वर्ष २०७१/०७२ मा बिक्री गरेको उखुको अनुदानबापतको रकम भने किसानले अझै पाएका छैनन् । कपिलवस्तुका १० हजार किसानले महालक्ष्मी सुगर मिल र महाकाली मिलबाट अनुदानबापतको रकम दुई करोड ४८ लाख २३ […]

उखु क्रसिङ सुरु, तर मूल्य अझै तोकिएन

सरकारले उखुको न्यूनतम समर्थन मूल्य नतोक्दा यसवर्ष पनि किसानले अन्योलमै उखु बेचेका छन् । सरकारले उखुको न्यूनमत समर्थन मूल्य निर्धारण गर्ने र त्यसअनुसार मिलले खरिद गर्दै आएका छन् । तर, यस वर्ष मिलले उखु क्रसिङ गर्न सुरु गरेको एक महिना हुँदा पनि सरकारले मूल्य तोकेको छैन । किसानहरुका अनुसार चिनी मिलले पुरानै मूल्य दिने शर्तमा […]

समयमै उखुको मूल्य नतोक्दा किसान मारमा

काठमाडौं । सरकारले समयमै मूल्य नतोक्दा उखु किसान मारमा परेका छन् । किसानले उखु क्रसिङ सुरु गरिसक्दा पनि सरकार मूल्य तोक्न अलमल गरेको छ । उखु क्रसिङ सकेर हिउँदे बाली लगाउने चटारोमा रहेका किसान मूल्य बिना उखु क्रसिङ गर्न बाध्य भएका छन् । किसानले मंसिरको दोस्रो सातादेखि नै उखु क्रसिङ गर्न थालिसकेका सर्लाहीका उखु किसान […]

उखु क्रसिङ सुरु भइसक्दा पनि  मूल्य तोक्न सरकारको ढिलाइ

किसानले उखु ल्याउन सुरु गरेसँगै सर्लाहीको महालक्ष्मी चिनी उद्योग सञ्चालनमा, केही दिनमै हरिवनको इन्दुशंकर र महोत्तरीको एभरेस्ट सुगर मिल पनि खुल्दै उखु क्रसिङ सुरु गरिसक्दा पनि सरकार मूल्य तोक्नमा अलमलिएको देखिएको...

सर्लाहीको महालक्ष्मी उद्योमा उखु क्रसिङ बन्द, किसानले भने भुक्तानी पाएनन्

सर्लाही : सर्लाहीको गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदाह झण्डै नौ लाख क्विन्टल उखु क्रसिङ गरी बन्द गरिएको छ।गत पुस ५ गतेदेखि सञ्चालनमा आएको उद्योग आठ लाख ९० हजार क्विन्टल उखु पेलेर यो वर्षका लागि बन्द भएको उद्योगका प्रशासकीय प्रबन्धक वीरेन्द्रकुमार श्रीवास्तवले जानकारी दिए।दुई दिनअघि नै उद्योग बन्द भए पनि किसानले भने भुक्तानी पाइसकेका छैनन्। उद्योगले सुरुको पाँच दिन पेलेको उखुको भुक्तानी दिए पनि त्यसपछिको भुक्तानी नदिएको किसानहरुले गुनासो गरेका छन्।उद्योगका प्रशासकीय अ

उखु क्रसिङ बन्द

सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि उद्योगले उखु क्रसिङ बन्द गरेको हो । उद्योगले यस वर्ष १० लाख ९५ हजार तीन क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ ।