अक्टोबरभित्र फाइजर खोपको एक लाख मात्रा आउने

काठमाडौं : अक्टोबरभित्र नेपालमा फाइजर खोपको एक लाख मात्रा आउने भएको छ।द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभि) मार्फत अनुदानस्वरूप फाइजर खोपको एक लाख मात्रा आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए।गाभीले नेपालमा यो फाइजर खोप ट्रायलस्वरूप अनुदानमा दिन लागेको हो। ‘हुन त सेप्टेम्बरमा नै फाइजरको एक लाख मात्रा आउने कुरा थियो तर प्रविधिक कारणले अक्टोबरमा आउने भएको छ,‘ उनले भने।स्वास्थ्य सेवा विभागको व्यवस्था

सम्बन्धित सामग्री

बैतडीका एक लाख ७८ हजारलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा

बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज लगाएका छन् ।दशरथचन्द नगरपालिकामा २८ हजार सात सय २८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार नौ सय ४१ जनाले पूर्ण मात्रा लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार २२५ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै पाटन नगरपालिकामा २० हजार पाँच सय २८ जनाले खोपको पहिलो मात्रा, २७ हजार नौ सय २९ जनाले पू

खोप अभियानमा वेवास्ता : डेढ लाख मात्रा कोभिशिल्ड खोपको म्याद गुज्रियो

काठमाडौं । नेपालमा विगत एक महिनादेखि कोरोना संक्रमण दर उकालो लागि रहेपनि खोप अभियानले प्राथमिकता पाउन सकेका छैन् । खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा कोभिशिल्ड खोप खेर गएको छ । खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा झण्डै डेढ लाख डोज कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो […]

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।

तथ्यांकमा नआएको २४ लाख डोज खोपको प्रतिवेदन मन्त्रीले बुझे

काठमाडौं, ३ फागुन । कोरोना भाइरसविरुद्धको हराएको २४ लाख डोज खोपको प्रतिवेदन छानबिन समितिले बुझाएको छ । सरकारको तथ्यांकमा नआएको कोभिड–१९ विरुद्धकोे खोपबारे छानबिन गर्न गठित समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय तहहरूले खोप लगाएको तथ्यांक अध्यावधिक […]

२० देखि २४ लाख डाेज खोपको तथ्याङ्क नै भेटिएन : स्वास्थ्य सचिव

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्याङ्क नभेटिएको बताउनुभएको छ ।  आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपालमा कोरोना भाइरस सङक्रमणको पछिल्लो अवस्था र तयारीका बारेमा जानकारी दिँदै सचिव पोखरेलले अहिलेसम्म नेपालले प्राप्त गरेको कुल खोपमध्ये २० देखि २४ लाख डोज खोपको तथ्याङक नभेटिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार पहिलो, दोस्रो र तेस्रो अर्थात् बुस्टर डोज खोप लगाउँदै गर्दा कसैको इन्ट्रि छुटेको र केही लेखाजोखा नमिलेको समितिलाई जानकारी...

आठ लाख खोपको मात्रा यहि साता नेपाल आइपुग्ने

जापानमै उत्पादित कोभिड–१९ विरुद्धको सो खोपको पहिलो खेप शनिबार काठमाडौं आइपुग्ने काठमाडौँस्थित जापानी राजदूतावासले जनाएको छ। दोस्रो खेप आइतबार आइपुग्ने समेत बताइएको छ।...

जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा नेपाल आइपुग्यो

काठमाडौँ । अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा काठमाडौँ आइपुगेको छ । केहीबेरअघि मात्रै खोप काठमाडौँ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकाले उपलब्ध गराइएको खोप औपचारिक कार्यक्रम गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्दै छ । यो खोप एक मात्रा मात्रै लगाउँदा पुग्छ । अमेरिकाबाट प्राप्त जोनसन […]

नेपालमा ४८ लाख ७४ हजारलाई कोरोना खोपको दुवै डोज सुनिश्चित

काठमाडौं। नेपालमा ४८ लाख ७४ हजार जनाको लागि कोरोना विरुद्धको दुवै डोज खोप सुनिश्चित भएको छ। अर्थात् अबको केही साताभित्र १७ प्रतिशत नेपालीले कोरोना खोपको दुवै डोज लगाएका हुनेछन्। अमेरिकाले जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप दिनेभएपछि नेपालले कूल ९७ लाख ४८ हजार डोज खोप प्राप्त गर्ने भएको हो। चीनबाट भेरोसेलको ४० लाख डोज खोप नेपाल आउने क्रममा छ।

२१ लाखले लगाए कोरोनाविरुद्ध खोपको पहिलो डोज

काठमाडौं। नेपालका २१ लाख मानिसले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको शुभकामना दिँदै अहिलेसम्म २१ लाखले पहिलो डोजको खोप लगाएको जानकारी दिएका हुन्।