काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्याङ्क नभेटिएको बताउनुभएको छ ।
आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपालमा कोरोना भाइरस सङक्रमणको पछिल्लो अवस्था र तयारीका बारेमा जानकारी दिँदै सचिव पोखरेलले अहिलेसम्म नेपालले प्राप्त गरेको कुल खोपमध्ये २० देखि २४ लाख डोज खोपको तथ्याङक नभेटिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार पहिलो, दोस्रो र तेस्रो अर्थात् बुस्टर डोज खोप लगाउँदै गर्दा कसैको इन्ट्रि छुटेको र केही लेखाजोखा नमिलेको समितिलाई जानकारी...