काठमाडौं। नेपालका २१ लाख मानिसले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको शुभकामना दिँदै अहिलेसम्म २१ लाखले पहिलो डोजको खोप लगाएको जानकारी दिएका हुन्।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ ५ गतेदेखि देशका विभिन्न ५० जिल्लामा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म खोपको दोस्रो मात्रा अभियान लगाउने भएको छ। कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरी खोप लगाउनसमेत मन्त्रालयले आग्रह
काठमाडौं, असार ६ । नेपालमा पहिलोपटक ११ वर्षमुनिका बालबालिकालाई दिन मिल्ने कोभिड १९ विरुद्धको खोप आइतबार नेपाल आइपुगेको छ। अमेरिकावाट आइतबार विहान अमेरिकी सहयोगमा जम्मा २२ लाख ३ हजार २ सय डोज खोप नेपाल आइपुगेको हो। फाइजर खोप ९ वायोएन्टेकको खोप पेडियाट्रिक नेपाल आइपुगेको हो। खोपको लागि आवश्यक २ लाख २० हजार ८ सय भायल […]
काठमाडौं : अहिलेसम्म ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले मात्र कोरोनाविरुद्ध खोपको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएका छन्।मन्त्रालयका अनुसार ६ जिल्ला र १०९ वटा स्थानीय तहले खोपको विवरण पठाएका छैनन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोपको मौज्दात र खोप लगाएका सबैको अभिलेख उपलब्ध गराउन यसअघि निर्देशन दिएको थियो।मन्त्रालयले विवरण नपठाउने ६ जिल्ला र १ सय ९ वटा स्थानीय तहलाई यथाशिघ्र विवरण पठाउन फेरि निर्देशन दिएको छ। मन्त्रालयले सबै स्था
विराटनगर : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन्।समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले खोप अभियान सातवटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको बताए। उनले कोरोनाविरुद्ध खोपको समस्या नरहेको जनाउँदै अहिले चार करोड डोज खोप रहेको बताए।समग्र जनसंख्याका आधारमा ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिँदै उनले खोपका लागि अस्थायी डेस्क पनि राखि
काठमाडौं : स्वास्थ्य मन्त्रालयले सरकार-सरकार (जीटूजी) मार्फत् रसियाको गामालिया राष्ट्रिय अनुसन्धान संस्थाले उत्पादन गरेको स्पुतनिक-भी आयात गर्ने भएको छ।
मन्त्रालयले सिधै रसियाली संस्थालाई खोपको प्राविधिक विवरणलगायतका विषय खुलाएर प्रस्ताव पेश गर्न आग्रह गरेको छ। कोरोनाविरुद्ध खोप सहजीकरणका लागि सरकारले मूल्य, ढुवानी लागत र आपूर्तिकर्ताको क्षमता हेर्ने भएको छ। स्रोतका अनुसार…
साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएपनि केही अस्पतालहरुले शुल्क लिइरहेको सूचनामा उल्लेख छ। अब कुनै पनि शुल्क नलिएर खोप लगाएको प्रमाणिकरण गरिदिन मन्त्रालयले निर्देशन दिएको छ।
दैलेख : दैलेखमा दुई लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाउनुपर्ने देखिएको छ। १८ वर्ष पूरा भएका व्यक्तिहरूको पछिल्लो तथ्यांकलाई आधार मान्दा यो संख्यालाई खोप आवश्यक देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ।सरकारबाट प्राप्त भएको कोभिसिल्ड भेरोसेल खोपको पूरा मात्र लगाउनेको सङ्ख्या दैलेखमा हालसम्म ४ हजार २ सय २७ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउनेहरू
एजेन्सी। विश्वभर तीनअर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ। चीनमा एकअर्ब ४७ करोड ९५ लाख दुईहजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ४१करोड ७८लाख ५१हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा हालसम्म लगाइएको कोरोना खोपको डोज ३३करोड ८०लाख २५ हजार ९५० छ। ब्राजिलमा ११करोड ८९लाख ५३हजार ५३७डोज कोरोना खोप लगाइएको छ।
काठमाडौं: चलचित्र निर्माता संघले चलचित्रकर्मीका लागि कोरोना खोपको माग गरेका छन्। संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग ४५ सयदेखि ५ हजार चलचित्रकर्मीका लागि कोरोनाविरुद्ध खोपको माग गरेका हुन्।
मंगलवार अधिकारीले मन्त्रीलाई ज्ञापन पत्र वुझाउँदै प्रस्ताव राखेका थिए। भन्छन्, 'तत्काल दुई-तीन वटा देशबाट खोप ल्याउने पहल भइरहेको छ। मन्त्रीज्यूले…
कोरोना भाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ। जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन्। रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त रहेको निष्कर्ष सार्वजनिक गरेको हो। खोपको विकास गरेको संस्थाले गत अक्टोबरदेखि यसको परीक्षण गरिरहेको थियो। उनीहरूले कुकुर, बिरालोलगायत जनावरमा यो खोपको परीक्षण गरेका थिए।परीक्षणले यो खोप जनावरहरूका लागि हानिकारक नरहेको पुष्टि भएको परीक्षणमा संलग्न अधिकारीहरूले जनाएका छन्। 'यो