काँग्रेस अधिवेशन : रुपन्देहीमा प्यानलसहित दुई समूह मैदानमा

नेपाली काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र अधिवेशनअन्तर्गत रुपन्देहीमा दुईवटा समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । शुक्रबार बिहान ८ बजेबाट सुरु भएको निर्वाचन प्रकृया अन्तर्गत नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।उम्मेदारी दर्ता दाबी विरोध सकिएपछि अधिकांशका ठाउँमा बिहान ११ बजेबाट मतदान सुरु भएको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले जानकारी दिए । रुपन्देहीमा प्रदेश सभाका १० वटा निर्वाचन क्षेत्रमा काँग्रेसको अधिवेशन भइरहेको छ, जसमा रुपन्देही क्षेत्र नम्बर ५ को प्रदेश सभा (क) मा भने विन्द

सम्बन्धित सामग्री

कर्णालीमा काँग्रेस अधिवेशन : डेढ घण्टापछि सुरु भयो मतदान

कर्णालीमा निर्वाचन समितिले तोकिएको समयभन्दा साढे एक घण्टा ढिलागरी मात्र  काँग्रेस अधिवेशनको मतदान प्रक्रिया सुरु भएको छ।  निर्वाचन कार्यतालिका अनुसार दिउँसो १२ बजेदेखि बेलुकी पाँच बजेसम्मका लागि मतदान समय तोकिएको थियो । तर, मतपत्र डिजाइनमा केही समस्या आएपछि केही परिर्वतन गर्नुपर्ने भएकाले ढिलाई भएको हो ।निर्वाचन समितिका अनुसार दिउँसो ठिक १ :३० देखि मतदान शुरु भएको छ।   कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिड्दै छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही,

काँग्रेस अधिवेशन : रुपन्देही क्षेत्र नम्बर ३ मा मतदान स्थगित

काँग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनका क्रममा रुपन्देही क्षेत्र नम्बर ३ मा विवादपछि मतदान स्थगित भएको छ । मतदानको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा मतदान प्रक्रिया नै स्थगित गरिएको हो ।निकै ढिलो गरी मतदान प्रक्रिया सुरु भएपछि क्षेत्रीय कमिटीका सभापति पदका उम्मेदवार मातृकाप्रसाद यादवसहितको समूहले मतदान ढिलो भएको भन्दै बहिष्कार गरेको थियो ।अबेर मतदान गर्दा सुरक्षा हुन नसक्ने जनाउँदै यादवले आफूहरुले मतदान बहिष्कार गरेको जनाए । यादव समूह बाहिरिएपछि निर्वाचन मण्डलले एक पक्षीय रुपमा मतद

काँग्रेस अधिवेशन : गोपालमान श्रेष्ठलाई आफ्नै गृहनगरमा धक्का

नेपाली काँग्रेसका केन्द्रीय नेता एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जाका ११ पालिकामध्ये नौ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । बाँकी दुई पालिकामा आइतबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ ।चापाकोट नगरपालिकामा विक्रमबहादुर सारु सभापतिमा निर्विरोध चयन भएका छन् भने अन्य सबै पालिकामा निर्वाचन भएको हो ।नेपाली काँग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा केन्द्रीय सभापति पदका लागि दाबी गरिरहेका छन् । तर आफ्नै गृहनगर पुतली बजारमा उनको समूह पराजित भएको छ ।श्रेष्ठले

काँग्रेस अधिवेशन : पश्चिम नवलपरासीमा कँडेल–खनाल समूहको गुटगत तथ्याङ्क

वडा अधिवेशन सकिएर क्षेत्रीय प्रतिनिधि आएपछि नेपाली काँग्रेस पश्चिम नवलपरासीमा अधिवेशनको सरगर्मी बढेको छ ।  योसँगै जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह क्षेत्रीय प्रतिनिधिको हिसाब–किताबमा जुटेका छन् ।देउवा समूहबाट केन्द्रीय सदस्य देवेन्द्र कँडेल र पौडेल समूहबाट संविधान सभा सदस्य विक्रम खनालले आन्तरिक रणनीति बुनिरहेका छन्। भदौ १८ भएको वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिको क्याल्कुलेशन भइरहेको छ । यसपटक पश्चिम नवलपरासीमा  केन्द्रीय सभापति देउवा