कर्णाली प्रदेशमा नेपाली काँग्रेसको सभापतिका लागि तीन वटा समूह भिड्ने भएका छन् । यस अघिसम्म पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले मात्र उम्मेदवारी घोषणा गरेका थिए । तर,उम्मेदवारी दर्ता गर्दा भने विमलेन्द्र निधि पक्षले पनि दर्ता गराएको छ । निधि पक्षका कालिकोटका मोतिराज बमले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अब, संस्थापन पक्षबाट जुम्लाका ललितजंग शाही, पौडेल पक्षबाट युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही र निधि पक्षबाट बमबीच कडा प्रतिस्