नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका प्रदेशसभा निर्वाचन क्षेत्रमा कोइराला–पौडेल समूह बलियो देखिएको छ । निर्वाचन परिणाम अनुसार मोरङका १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जनामात्र सभापतिमा विजयी भएका छन् । अन्य सबै क्षेत्रमा कोइराला–पौडेल समूहले नेतृत्व हात पारेको छ ।जिल्लाका १२ मध्ये चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो । आठ वटामा भने शनिबार निर्वाचन भएको थियो । आइतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ &