प्रचण्डको प्रतिवेदन पारित, चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ।शुक्रबार पाँचौ दिनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि बन्दसत्रले पारित गरेको हो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गर