‘थोर’ र ‘आरआरआर’ फिल्ममा काम गरिसकेका अभिनेता रे स्टीवेन्सनको निधन भएको छ। ५८ वर्षको उमेरमा उनको निधन भएको बीबीसीले उल्लेख गरेको छ।
इटालियन टापु इस्चियामा छायांकनका क्रममा उनलाई अस्पतालमा भर्ना गरिएको हलिउड सञ्चारमाध्यमले उल्लेख गरेका छन्। त्यहाँ उनी एक एक्सन फिल्मको सुटिङ गरिरहेका थिए।
उत्तरी आयरल्याण्डमा जन्मिएका उनी आठ वर्षको हुँदा परिवारसहित इङ्गल्याण्ड…