काठमाडौंः काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल(निफ)को तेस्रो दिन निफ फोरममा 'कस्तो अभिनय राम्रो अभिनय हो?' भन्ने विषयमा बहस भएको छ। अभिनेता विपिन कार्की, अभिनेत्री सरिता गिरी र रंगकर्मी तथा अभिनय प्रशिक्षक सुनील पोखरेल वक्ताको रुपमा रहेर अभिनयका विविध विषयमा बहस गरकेा थिए। कार्यक्रममा बोल्दै पोखरेलले आफू अभिनयको परिभाषा यही हो भनेर पक्का भइनसकेको बताए। पहिले अभिनय र जीवनमा केही फरक लागेपनि अहिले जीवन बाँच्नु र अभिनय गर्नु उस्तै लाग्ने अनुभव सुनाए। &nbs