बलिउड फिल्म ‘एनिमल’ मा अभिनय गर्दै विपिन

लोकप्रिय अभिनेता विपिन कार्कीको अभिनय बलिउड फिल्ममा पनि रहने भएको छ । फिल्म ‘एनिमल’ मा मुख्य भूमिकाका लागि उनी छनौटमा परेका हुन् । फिल्म अभिनय विषयमा आफ्नो कुरा पक्की भएको अभिनेता विपिनले बताए ।‘निर्देशक टिमबाट मलाई फिल्म अभिनयको लागि फोन आएको थियो । फिल्म अभिनय पक्कापक्की भएको छ,’ विपिनले भने ‘सुटिङ जुलाई तथा अगष्टमा हुने भनिएको छ । काम गर्ने कुरो फाइनल भयो ।’ सेल्फी किङ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको उनले सुनाए । अहिले औपचारिक सम्झौता भने भएको

सम्बन्धित सामग्री

नेपाली अभिनेत्री मुना गौचन रणवीर सिंहसँग बलिउड फिल्म खेल्दै

काठमाडौं । नेपाली अभिनेत्री तथा मोडल मुना गौचनले बलिउड अभिनेता रणवीर सि‌हसँग फिल्ममा अभिनय गर्ने भएकी छन् । बिहीबार रणवीर र आफ्नो सेल्फी पोस्ट गर्दै उनले चाँडै फिल्म खेल्न लागेको जानकारी दिएकी हुन् । तर कुन फिल्ममा अभिनय गर्न लागेको भन्नेबारेमा भने उनले खुलाएकी छैनन् । सेल्फीमा रणवीर र मुना दुवै प्रफुल्ल देखिन्छन् । नेपाली […]

यस्तो छ परिणीतिको बलिउड यात्रा

काठमाडौँ- बलिउड अभिनेत्री परिणीति चोपडाले गत वर्ष मात्र नेपालमा समेत फिल्म छायांकन गरिन् । राजश्री प्रोडक्सनको व्यानरमा बनिरहेको फिल्म ‘उचाइ’ को छायांकनका लागि उनी नेपाल समेत आएकी थिइन्। बलिउड निर्देशक सुरज बडजात्याको निर्देशनमा तयार भइरहेको फिल्म ‘उचाइ’ मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्तालगायतको अभिनय रहेको छ । राजश्रीको ब्यानरमा जोडिन पाउँदा उनी […]

बहिनीसँग जल्थें : बलिउड अभिनेत्री रेखा

बलिउड अभिनेत्री रेखाले १३ वर्षको उमेरबाटै फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । यसपछि उनी आफ्नो अभिनय र सुन्दरताका कारण फ्यानको मुटुमा वर्षौसम्म बस्न सफल भइन् ।उनले ‘मुकद्दरका सिकन्दर’, ‘उमराव जान’, ‘खूबसुरत’, ‘खून भरी मांग’ र ‘सिलसिला’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरिन् । एक समय यस्तो पनि थियो, जुन समयमा रेखा आफूलाई सुन्दर मान्दिन थिइन् । बाल्यकालदेखि नै रेखालाई आफू सुन्दर छैन भन्ने लाग्थ्यो ।‘बाल्यकालमा म दुई कुराले चिन्तित ह

सुनिल थापा फेरि बलिउड चलचित्रमा

अभिनेता सुनिल थापा फेरि एक पटक बलिउड चलचित्रमा देखिने भएका छन् ।  उनी बलिउड चलचित्र ‘काजी’मा देखिन लागेका हुन् ।  चलचित्रको सुटिङका लागि थापा अहिले मुम्बईमा छन् । अभिनेता थापाले अहिले आफू बलिउड चलचित्र अभिनय गर्न लागेको बताए ।  यस अघि थापाले बलिउड चलचित्र ‘मेरी कोम’मा पनि अभिनय गरिसकेका छन् ।  अभिनेता थापा नेपाली चलचित्रको लोकप्रिय खलपात्र हुन् । गोरखापत्र दैनिकमा खबर छ ।

बलिउड फिल्ममा अभिनय गर्दै सुनिल थापा

कलाकार सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने भएका छन् । उनी बलिउड फिल्म ‘काजी’ मा देखिन लागेका हुन् । फिल्मको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल अहिले मुम्बईमा छन् ।‘काजी’ अभिनयका लागि मुम्बई पुगेका कारण सुलिनले नेपाली फिल्म ‘लाखे’ छाडेका छन् । उनले छाडेपछि ‘लाखे’ निर्माण युनिटले उनको सट्टामा फिल्ममा प्रशान्त ताम्राकार भित्र्याइएको छ ।अभिनेता सुनिलले पनि अहिले आफू बलिउड फिल्म अभिनय गरेको बताए । फिल्मको बिषयमा भने उनले बिस्तृत व

गंगुबाईमा आलियाको अभिनय, शवाना आजमीको अभिनय बिर्साउने!

आलिया भट्टलाई लाग्छ - अहिलेसम्मकै दमदार अभिनय उनले गंगुबाई काठिवाडीमा गर्न सकेकी छिन्। भन्साली प्रोडक्सन स्रोतलाई उदृत गर्दै बलिउड हंगामाले जनाएअनुसार उनले आफ्नो अभिनयबाट अत्याधिक गौरवान्वित महसुस गरेकी छिन्। सञ्जयलीला भन्सालीको यो फिल्मका लागि उनले यति मेहनत गरिन् कि त्यसका लागि अरु कुनै पनि प्रोजेक्टले प्राथमिकता पाएन। 'फिल्मका दुई सिक्वेन्समा…

नेपाली फिल्ममा अभिनय गर्दै बलिउड अभिनेता सुनील सेट्टी

'एक्स नाइन' अनमोल केसी, सौगात मल्ल, अनुप विक्रम शाही, प्रियंका कार्कीलगायत कलाकारले काम गर्ने खबर सार्वजनिक भएदेखि चर्चामा छ। यसमा बलिउड अभिनेता सुनील सेट्टीको नाम पनि जोडिएको छ।

बलिउड र ड्रग्सको माखेसाङलो

सन् १९८२ तिरको कुरा हो, बलिउड अभिनेता संजय दत्तले भर्खर बलिउड प्रवेश गरेका थिए। पहिलो फिल्म 'रकी'को सफलतापछि उनलाई भ्याइ नभ्याइ थियो।उनलाई डेब्यू त आफ्नै बाबुले गराएका थिए तर राकेश कुमार, सुभाष घई, असिम सामन्थ, राजेन्द्र प्रसादजस्ता निर्देशकले पनि उनको अभिनय मन पराएका थिए र उनलाई एकपछि अर्को फिल्मको अफर आइरहेको थियो।त्यो बेलाका चर्चित अभिनेता, निर्देशक तथा निर्माता सुनील दत्तले एउटा सुपरस्टार जन्माएको गाइँगुइँ सुनिन थालेको थियो। सन् १९८२ मा उनले 'जोनी आई लभ य

ऐश्वर्यादेखि सलमान खानसम्म : जो विज्ञापनबाट बलिउड छिरे

मुम्बई । बलिउड स्टारले भरिएको छ । ति स्टारको पृष्ठभुमि भने फरक फरक पाउन सकिन्छ । केही बिज्ञापनबाट फिल्म अभिनयमा भित्रिएका छन्, भने केही फेसन र मोडलिङदेखि । कतिपयको पृष्ठभुमि अन्य पनि भएका पाउन सकिन्छ । यहाँ चर्चा ति बलिउड स्टारको गर्न खोजिएको छ, जसले अभिनय डेब्यु टेलिभिजन बिज्ञापनबाट गरे ।ऐश्वर्या राय सन् १९९४मा मिस वल्र्डको उपाधि जित्न सफल ऐश्वर्या राय बच्चन संसारकै सबैभन्दा राम्री अभिनेत्रीको सुचिमा पनि पर्दछिन् । १९९३मा उनी पहिलो पटक कोकाकोलाको बिज्ञापनमा देखिएकी थिइन् । बिज्ञापनमा उनको

अक्षय कुमारले अनलाइनबाट अभिनय सिकाउने

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारले अब अनलाइनबाट अभिनय सिकाउने भएका छन्। अनलाइन अभियन सिकाउने जानकारी अक्षय आफैंले सामाजिक सञ्जालमार्फत दिएका हुन्। अक्षयले इन्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै उनले क्याप्सनमा अब अभियन सिक्न चाहनेहरुले आफ्नो ३० वर्षको यात्राबाट केही सिक्न सक्ने बताएका छन्। यस भिडियोमा उनको फिल्म प्याडम्यान, ट्वाइलेट, रुस्तमजस्ता केही भूमिकाहरुको झलक पनि देख्न सकिन्छ।