अभिनेता विपिन कार्कीले कलाकार इमान्दार भएर अभिनय गर्नुपर्ने बताएका छन् । उनले अभिनय राम्रो र नराम्रो नहुने बताउँदै कलाकारितामा इमानदारिताले स्वभाविक र जीवन्त अभिनय गर्न सकिने धारणा राखे ।५ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो दिन शनिबार राम्रो अभिनय के हो ? विषयको बहसमा छेडिएको थियो । सो क्रममा विपिनले अभिनयको पात्र आफुमा देख्न र देखाउन सक्नुपर्ने धारणा समेत अगाडि सारे ।‘अभिनय आ–आफ्नो शैलीमा हुन्छ । एउटै पात्रलाई दुई अलग व्यक्तिले फरक शैलीमा प्रस्तुत गर्न सक्छन्’ व