ललितपुरको किष्ट अस्पतालमा उपचाररत संस्कृतिविद् सत्यमोहन जोशी नाै दिनपछि घर फर्किनुभएको छ ।
श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि गत जेठ २६ गते अस्पताल भर्ना हुनुभएको संस्कृतिविद् जोशी आज शुक्रबार घर फर्किनुभएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जोशीको स्वास्थ्यमा सुधार आएसँगै हिँडडुल गर्न सक्ने हुनुभएको अस्पतालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।