काठमाडौं- स्वास्थ्यमा अचानक समस्या देखिएपछि १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् । उनलाई ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना गरिएको छ। उनलाई सोमबार रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनलाई मंगलबार दिउँसो किस्ट अस्पताल पुर्याइएको हो। जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका सिइओ […]