संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएको उनलाई बिहीबार किष्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो ।
यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि...
२०७८ सालसम्म २० औं अंक प्रकाशित ‘लोक संस्कृति’ पत्रिकाको २१ औं अंक वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी विशेषांकका रुपमा प्रकाशित भयो। वैशाख ३० गते वाङ्गमय शताब्दी पुरुष १०४ औं जन्म जयन्तीका अवसरमा गत शुक्रबार नेपाल म्युजिक सेन्टर पिङ्गलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटर हलमा उक्त विशेषांक विमोचन गरियो। यस कार्यक्रम नेपाल म्युजिक सेन्टर शैक्षिक गुठीका अध्यक्ष […]
काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार किष्ट अस्पतालमा भर्ना भएका जोशी उपचारपछि डिस्चार्ज भएका हुन् । ६ दिनपछि आज (सोमबार) उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उनको छातीमा निमोनिया देखिएको थियो ।
काठमाडौं, फागुन २ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत मंगलबार किष्ट अस्पतालमा भर्ना हुनुभएका जोशी उपचारपछि डिस्चार्ज हुनुभएको हो । ६ दिनपछि सोमबार उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको छातीमा निमोनिया देखिएको थियो […]
शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । जोशीको शरीरमा अक्सिजन कमी भएपछि उनलाई सोमबार नै किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार नरेन्द्रराज प्रसाईले जानकारी दिए ।
जोशीको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।
भक्तपुर, २८ पुस । मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको शङ्खधर पार्कको ढुङ्गेधारा अवलोकन गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । साथमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ । तस्बिरः रमेश गिरी÷रासस
संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ बनेका छन् । रुघाखोकी र शरीरमा कमजोरीपन उनीमा बढेको नागरिक दैनिकमा खबर छ ।
हिँडडुल समेत गर्न नसक्ने भएपछि सातदिन यता उनी चिकित्सकको निगरानीमा बलम्बुस्थित घरमै रहेका छन् । शरीर कमजोर भएको र हर्नियासमेत देखिएकाले उपचार भइरहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।