सत्यमोहन जोशी र गिरीश गिरीलाई उत्तम शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको उत्तम शान्ति पुरस्कार संस्कृतिविद् सत्यमोहन जोशी र पत्रकार गिरीश गिरीलाई प्रदान गरिएको छ । हरेक वर्ष एक गैरआख्यान कृतिलाई दिइने यो पुरस्कार यसपटक जोशीको आत्मवृतान्त ‘सत्यमोहन’लाई प्रदान गरिएको हो । हरेक जेठ १२ गते साहित्यकार तथा रूपरेखा पत्रिका सम्पादक उत्तम कुँवरको जन्मदिनको अवसर पारेर उत्तम शान्ति पुरस्कार प्रदान गर्ने गरिएको छ […]