संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ बनेका छन् । रुघाखोकी र शरीरमा कमजोरीपन उनीमा बढेको नागरिक दैनिकमा खबर छ ।
हिँडडुल समेत गर्न नसक्ने भएपछि सातदिन यता उनी चिकित्सकको निगरानीमा बलम्बुस्थित घरमै रहेका छन् । शरीर कमजोर भएको र हर्नियासमेत देखिएकाले उपचार भइरहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।