काठमाण्डाै – नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । आज बुधवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लाे पटक दक्षिण सुडान र बेलिजसँग कुटनीतिक सम्बन्ध जोडेको बताउनुभएको हो । उहाँका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालसँग अहिलेसम्म विश्वका एक सय ७६ वटा देशले कुटनीतिक सम्बन्ध जोडेको छ ।
प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा ...