तोकेभन्दा बढी शुल्क लिइरहेको काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध पीडित विद्यार्थी र अभिभावकले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । एमबीबीएसमा २० लाख र बीडीएसमा ७ लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै उनीहरूले कलेज सञ्चालकलाई कारबाही गर्न माग गरेर प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।