केएमसीले अतिरिक्त शुल्क उठाएको भन्दै विद्यार्थीले लगाए ताला

६ पुस, काठमाडौं। सरकारले तोकेको भन्दा बढी शुल्क मागेको भन्दै विद्यार्थीहरुले काठमाडौं मेडिकल कलेजमा ताला लगाएका छन् । विद्यार्थीहरुले काठमाडौंको सिनामंगलस्थित क्याम्पस प्रशासनमा ताला लगाएका हुन् । कलेजले शिक्षण शुल्कबाहेक विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको भन्दै विद्यार्थीहरुले कलेजमा ताला लगाएका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उजुरी समेत गरेका छन् । […]

सम्बन्धित सामग्री

पिपल्स क्याम्पसमा विप्लव निकट विद्यार्थी संगठनले लगायो ताला

१५ माघ, काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पिपल्स क्याम्पसमा तालाबन्दी गरेको छ । ६ बुँदे मागसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएका हुन् । उनीहरूले विद्यार्थी भर्ना, लाइब्रेरी र परिचयपत्रको नाममा अतिरिक्त शुल्क असुल बन्‍द गरिनुपर्ने, बीबीए र बीबीएममा इन्टरनेटको व्‍यवस्था हुनु […]

मसानघाटको प्राइभेटाइजेशन

सरकारले निजीक्षेत्रलाई उचालेपछि एकताका देशमा हरेक कुरा खोल्ने लहर चलेको थियो । त्यही भएर निजी बैंक खुले, सेक्युरिटी गार्ड कम्पनी आए, उद्योग खुले, विद्यालय, विश्वविद्यालय खुले । विकासले उँभोगति लिनुपर्नेमा अधोगति लिएपछि अहिले गाभिने, बन्द गर्ने कहर चलेको छ । उँधै गति उँधै मति भएका र चारतिर टाउको फर्काउने राजनीतिक दलहरू सत्ता भोग गर्न सजिलो होस् भनेर होला एकताको मोर्चा कसेका छन् । पाल्नभन्दा फाल्न सजिलो हुन्छ भनेर अर्थमन्त्रीले बजेटमै कतिपय संस्थान, विभागहरू बन्द गर्ने घोषणा गरेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई फकाएर, नभएर तर्साएरै एकआपसमा गाभिनू भन्यो, गाभिए, गाभिँदै छन् ।  शिक्षकहरू पढाएका कारणले पिटिनु परिरहेको छ, मर्नुपरिरहेको छ । डाक्टरहरू उपचार गरिदिएकाले पिटिनु परिरहेको छ ।  सपना भएका युवा जति लखेटेपछि शैक्षिक संस्थाहरू आफै बन्द हुँदै छन् । जहाँ विद्यार्थी धेरै छन्, त्यहाँ विद्यार्थीले नै कहिले ताला लगाउने त कहिले शिक्षक वा प्राध्यापक कुट्ने अभियान चलाएका छन् । त्यसैले पहाडका गाउँ बस्तीमा मात्र होइन, तराईका विश्वविद्यालयहरू पनि सुनसान हुन पुगेका छन् । यसलाई मसानघाट भन्दा पनि फरक नपर्ने भएका छन् । पढ्न र काम गर्न चाहनेहरू विदेश भासिएका छन् । दुवै गर्न नचाहनेहरू राजनीतितिर । त्यसैले अब उद्योग सुद्योगमा लगानी गर्नुभन्दा मसानघाट खोल्नु बढी उपयोगी हुने देखिन्छ ।  शिक्षकहरू पढाएका कारणले पिटिनु परिरहेको छ, मर्नुपरिरहेको छ । डाक्टरहरू उपचार गरिदिएकाले पिटिनु परिरहेको छ । किसानले खेती गरेकैले मर्नुपरिरहेको छ । नेपाली युवा विदेशमा गएर मर्नुपरिरहेको छ । उद्यमीहरू सडकमा वा घरमा आत्महत्या गर्नुपर्ने बाध्यतामा छटपटिनु परेको छ । सडक पेटीमा सानातिना व्यवसाय गरेर गुजारा गर्नेहरू र सर्वसाधारणलाई त सजिलोसँग मर्ने ठाउँ पनि दिएको छैन स्थानीय र संघीय सरकारहरूले । उहिले प्रजाको चुल्हो बलेको हेर्न राजा महाराजाहरू अग्ला अग्ला दरबार बनाउँथे । अहिलेकाहरू जनताको घर बलेको हेर्न भ्यूटावर बनाउँछन् ।   आलीदेखि थालीसम्म विष । सडकमा निस्क्यो, विष भरिएको हावा । यसो टिभी हेर्‍यो, सामाजिक सञ्जाल चहार्‍यो विष भरिएको विचार । अहिले जसरी कतिपय पार्टी प्यालेस र रेष्टुराँहरुले जस्ता किसिमका विषसरह खाना ख्वाइरहेका छन्, कतिपय सुविधासम्पन्न अस्पतालले बिरामीसँग जसरी असुली गरिरहेका छन्, के ती कुनै मसानघाटभन्दा कम छन् र ?  त्यसैले अब देशमा उद्योग–सुद्योग, शिक्षालय, औषधालय आदि भन्दा मसानघाटको काम बढी छ । आगोमा जल्ने कि व्यापार व्यवसायको चिन्तामा जलेर खरानी हुने दुई विकल्प मात्रै दिएको छ सरकारले । नेताहरूको कृपाले देशभरि ठडिएका भ्यू–टावरहरूबाट को, कहाँ, कसरी जलिरहेका छन् हेर्न पनि सजिलो भएको छ । उहिले प्रजाको चुल्हो बलेको हेर्न राजा महाराजाहरू अग्ला अग्ला दरबार बनाउँथे । अहिलेकाहरू जनताको घर बलेको हेर्न भ्यूटावर बनाउँछन् ।   सरकारले गर्ने काम वा चलाउने प्रायः सबै संस्थानहरू घाटामा चल्ने गरेका छन् । त्यसैले मसान केन्द्रहरू चाहिँ निजीक्षेत्रलाई खोल्न प्रोत्साहित गर्नुपर्छ । अर्थात् अब मसानघाटको पनि प्राइभेटाइजेशन गर्नुपर्छ । त्यसपछि मान्छेलाई मर्न कसरी प्रेरित गर्नुपर्छ, उसले गरिहाल्छ । त्यसपछि त मसान केन्द्रको प्रचारमा शहर शहरमा ई–बोर्डहरू लाग्नेछन् । धेरै मानिसहरू हिँड्ने वा गुड्ने शहरका मुख्य गौंडाहरूमा ठूलठूला तुलहरू टाँगिनेछन् । ‘मर्नका लागि सबैभन्दा उत्कृष्ट स्थल । पवित्र मसान केन्द्र । शहरका बीच्चबीच्चमा, प्राइम लोकेसनमा अनलाइन बुकिङको पनि सुविधा । गर्मीको मौसममा बुकिङ गर्दा दोस्रो मुर्दा सित्तैमा । कुनै अतिरिक्त शुल्क लाग्दैन । आधा खर्चमा पूरै परिवारका लागि स्किम । स्वीमिङ पुल, पानीका रंगीन फोहरा, शपिङ मल, सिनेमा हल, रेष्टुराँ, पार्किङ लगायतका सुविधा भएको एकमात्र मसान केन्द्र’ आदि, आदि । मुर्दालाई अस्पतालबाट घाटमा पुर्‍याएर खरानी बनाउँदासम्मको जिम्मा यिनै मुर्दा इभेन्ट म्यानेजमेन्ट कम्पनीले गर्न थालेका छन् । त्यसो त देशमा केही वर्षयता मसानघाटहरूले आफ्नो गति समातेका छन् । तर ती घाटहरू सरकारी भएकाले पारा पनि सरकारी अर्थात् त्यहाँ ढिलासुस्ती हुने नै भयो । तर हिजोआजका मुर्दा तुरुन्त जल्न चाहन्छन् । जल्नु पनि एउटा फेशन बनिसकेको छ । अब मुर्दा जल्ने कार्य एउटा गज्जपको इभेन्ट बनेको छ । जसरी विवाहको व्यवस्थापन गर्न हिजोआज ‘वेडिङ इभेन्ट म्यानेजमेन्ट कम्पनी’हरू खुलेका छन्, त्यसैगरी मुर्दालाई अस्पतालबाट घाटमा पुर्‍याएर खरानी बनाउँदासम्मको जिम्मा यिनै मुर्दा इभेन्ट म्यानेजमेन्ट कम्पनीले गर्न थालेका छन् अर्थात् ओशोले भनेजस्तै ‘मृत्यु अब एउटा उत्सव’ अर्थात् सेलिब्रेसन इभेन्ट बनिसकेको छ । वास्तवमा मुर्दा जलाउने उत्सव पर्यटकका लागि पनि एक आकर्षक मनोरञ्जन बन्न सक्छ, यसलाई ‘कालो पर्यटन’ भन्छन् क्यार । जसरी जनताहरू भोक, अभाव र गरीबीले तड्पी तड्पी मरिरहेको देखेर नेताहरू आनन्दविभोर भइरहेका छन्, त्यसैगरी पर्यटकहरू पनि दुई तीनघण्टे मुर्दा जलन कार्यक्रममा सहभागी भएर रोमाञ्चित बन्न सक्छन् । पशुपति आर्यघाटमा भीआईपीलाई जलाउने ठाउँमा आफ्ना मान्छे जलाउन निकै सोर्सफोर्स लगाउनुपर्ने हुन्छ । निजी मसानघाट हुनेबित्तिकै जसले बढी दाम दिन सक्छ, उही भीआईपी बन्न सक्छ । पहिले धनीहरू मात्र महँगोमा जल्न मन पराउँथे । अब त मध्यम वर्गमा पनि बढी शुल्क तिरेर जल्ने फेशन चलेको छ । निजी मसानघाट भयो भने यता मधुर संगीत बजिरहेको हुन्छ, उता संगीतको लयसँगै पानीको फोहरा तलमाथि गरिरहेको हुन्छ । अनि विनाकुनै माथापिच्छी मुर्दा आफै चुपचाप जलिरहन्छ । यसका लागि कुनै पनि दाउरालाई तलमाथि गरिरहनै पर्दैन । मसानघाटको भित्रै रेष्टुराँ खोलेर मेनु पढेर जे मन लाग्यो, त्यही मगाएर आनन्द लिन सकिन्छ ।  यस्ता मसान एवं शपिङ केन्द्रहरूमा बालबालिकाका लागि पनि ‘किड्स प्ले कर्नर’ बनाउन सकिन्छ । यसमा केटाकेटीहरू आरामसँग उफ्रिने–पाफ्रिने गर्न सक्छन् । मसानघाटको भित्रै रेष्टुराँ खोलेर मेनु पढेर जे मन लाग्यो, त्यही मगाएर आनन्द लिन सकिन्छ । छेउमा ठूलो स्वीमिङ पुल बनाउन सकिन्छ । पाँचतारे सुविधायुक्त एयरकन्डिसन घाटमा अनलाइन बुकिङ गरेर अनलाइन दाहसंस्कार उत्सवको पनि व्यवस्था हुन सक्छ ।  यो व्यवस्थाअनुसार आफ्नो कुनै पनि प्रियजनको मृत्यु भएपश्चात् आफ्नो घर बसी बसी अनलाइन मन्त्रोच्चारण, फुकफाक कार्यक्रम गर्न सकिन्छ । यो सबै गर्न यताउता कुद्नु जरुरी छैन । दाउरा मिलाउनेदेखि कपाल क्रियासम्म सबै डिजिटल व्यवस्था हुन सक्छ । पण्डित, पुजारी, मिठाईवाला, ब्यान्डबाजा आदिका साथ ग्रहदशा शान्तिसम्मको कार्यक्रम आयोजना गर्ने पनि प्याकेजमै अफर गर्न सकिन्छ । अहिलेको यस्तो प्रदूषित र महँगीको माहोलमा प्रियजनको अन्तिम संस्कारका साथ सीधै स्वर्गको टिकट कटाउन सकिने यस्ता प्राइभेट मसानघाटहरूमा मर्न जान कसलाई मन नलाग्ला र ?

बढी शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले केएमसी कलेजमा लगाए ताला

९ माघ, काठमाडौं। चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् । संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञ्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ । संयुक्त विद्यार्थीका तर्फबाट […]

कलेज प्रशासनमा विद्यार्थीको ताला

अतिरिक्त शुल्क बुझाएका र विदेशी विद्यार्थीलाई मात्रै पठनपाठन गराएर कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई पठनपाठनबाट बञ्चित गर्दै आएको छ।...

मणिपाल मेडिकल कलेजको ताला खुल्यो, विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता पाउने

कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी गरेको थियो।

नोबेल मेडिकल कलेजमा तालाबन्दी

अतिरिक्त शुल्क विवादमा आन्दोलनरत विद्यार्थीले आज विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ताला लगाएका छन् । एमबीबीएस प्रथम वर्षका विद्यार्थीको आन्दोलनमा समर्थन जनाउन नोबेल मेडिकल कलेज पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्तासहितको टोलीले ताला लगाएको हो ।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० जना हाराहारीमा विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोबेलको

अतिरिक्त शुल्क लिएको भन्दै नोबेल मेडिकल कलेजको प्रशासनमा विद्यार्थीले लगाए ताला

कानुन विपरित अतिरिक्त्त शुल्क असुलेको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले विराटनगरको नोबेल मेडिकल कलेजको प्रशासन कार्यालयमा  ताला लगाएका  छन्। स्वास्थ्य शिक्षा आयोग र सरकारले निर्देशन गरिसक्दा पनि विद्यार्थीहरुलाई कक्षा प्रवेशमा रोक लगाइरहेको भन्दै...

मणिपाल कलेजले अतिरिक्त शुल्क उठाएको विरोधमा अनेरास्ववियुको प्रदर्शन

पोखरास्थित मणिपाल मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएको भन्दै अनेरास्ववियुले बुधबार विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियु गण्डकी प्रदेशले यसअघि नै मंसिर २० देखि अनिश्चितकालका लागि ताला लगाएको थियो ।

युनिभर्सल मेडिकल कलेजमा विद्यार्थीले लगाए ताला

२५ कात्तिक, बुटवल । अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा एमबीबीएस अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता लगायत ६ बुँदे माग राख्दै कत्तिक १३ …