काठमाण्डौ – वैदेशिक रोजगारीमा पठाउन श्रमिकसँग बढी शुल्क लिने र पैसा लिएर पनि विदेश नपठाउने दुई म्यानपावर कम्पनी कारबाहीमा परेका छन् ।
श्रमिकलाई रोजगारीका लागि युक्रेन, रोमानीया र पोल्यण्ड पठाउने भन्दै रकम लिई नपठाएको र लिएको रकम समेत फिर्ता नगरेपछि विभागले युनाइटेड म्यानपावर एजेन्सी प्रालिलाई निलम्बन गरेको छ । यो म्यानपावरले श्रमिकहरूबाट रकम लिएर लामो समयसम्म पनि रोजगारीका लागि पठाएको थिएन ।
श्रमिकहरूले आफूले तिरेको रकम फिर्ता माग्दा समेत नदिएपछि विभागमा उजुरी परेको थियो । म्यानपावरका सञ्चालकलाई पटक पटक ...