युक्रेनले राजधानी किएभ नजिकै अर्को सामूहिक चिहान फेला परेको बताएको छ । रुसी सेना फर्किएपछि खोजी तथा उद्धारका क्रममा बुजोभा गाउँमा गैरसैनिकको सामूहिक चिहान भेटिएको युक्रेनले बताएको बीबीसीले जनाएको छ ।
किएभ नजिकैको विभिन्न क्षेत्रमा पनि यसअघि पनि सामूहिक चिहान भेटिएकाे थियाे । युक्रेनी राजधानीलाई घेराबन्दी गरेको रुसी फौजले कैयौँ दिनसम्म त्यो क्षेत्र कब्जा गरेको थियो । सामूहिक चिहान भेटिएपछि युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रियस्तरबाट रुसको निन्दा भएको छ । तर रुसले आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ...