रुसी फौजले किभ कब्जा गर्न चाहेको होइन: पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी फौजले युक्रेनको राजधानी किभ कब्जा गर्न कहिल्यै नचाहेको उल्लेख गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार सन् २०२२ फेब्रुअरीमा किभ नजिकै रुसी सेना आउनुको कारण चैँ युक्रेनी राष्ट्रपतिलाई वार्तामा ल्याउन भएको पुटिनले तर्क गरेका छन् । शुक्रबार रुसका शीर्ष कूटनीतिज्ञहरुसँगको कुराकानीमा पुटिनले यस्तो बताएका हुन् । उनले […]

सम्बन्धित सामग्री

रुसले अन्य छिमेकी मुलुकमा पनि हमला गर्न सक्छ : जेलेन्स्की

भिल्निअस – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभलाई पश्चिमी सहयोगमा कुनै पनि ढिलाइले रुसी आक्रमणको करिब दुई वर्षपछि क्रेमलिनलाई हौसला प्रदान गरेको बुधबार चेतावनी दिएका छन् । जेलेन्स्कीले किएभको सबैभन्दा कट्टर सहयोगीमध्येको एक लिथुआनियाको राजधानी भिल्निअसको अचानकको भ्रमणका क्रममा उक्त कुरा बताएका हुन्। “उहाँ (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) रोकिनु हुन्न, उहाँ हामीमाथि सम्पूर्णरूपमा कब्जा गर्न चाहनुहुन्छ”, […]

रुसले कब्जा गरेको युक्रेनी भूभाग खेरसन पुगे राष्ट्रपति पुटिन

हाल रुसी कब्जामा रहेको खेरसनमा पुटिनले सैन्य कमाण्डरसँग छलफल पनि गरेको मस्कोले बताएको छ ।

रुसी राष्ट्रपति पुटिन अतिक्रमित युक्रेनी भूभाग मारियुपोल भ्रमणमा

रुसका राष्ट्रपति भ्लादमिर पुटिन आफ्ना सेनाले कब्जा गरेको युक्रेनी शहर मारियुपोल भ्रमणका लागि निस्किएका छन् ।

पश्चिमा देशले युक्रेनमा खतरनाक खेल खेलिरहेका छन् : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले युक्रेनमा खतरनाक र रक्तपातपूर्ण खेल खेलिरहेको आरोप लगाएका छन्। उनले विश्वभर सत्ता कब्जा गर्न पश्चिमा मुलुकको खेल खेलेको पनि आरोप लगाएका छन्। बिहीबार एक कार्यक्रममा उनले पश्चिमा देशको यो फोहोरी खेल विश्वले बुझ्न थालेको बताए।पुटिनले भूराजनीतिक नक्साबाट रुस ध्वस्त नभएको र नमेटिने प्रतिक्रिया दिए। ‘अब सबै सभ्यतामा लोकतान्त्रिक विकासको अवसर छ’, उनले भने, ‘विश्व व्यापारबाट बहुसंख्यकले लाभ उठाउनुपर्छ, व्यक्तिगत सुपर धनी निगमहरू होइन।&r

रुसले कब्जा गरेको युक्रेनी भू–भागमा सैनिक शासन लागू : पुटिन

रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैनिक शासन लागू गरेको घोषणा गरेको छ । ‘मैले रुसी महासङ्घका डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बुधवार टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भन्नुभयो ।  सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै भोलि बिहीवार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ । मस्कोको कब्जामा रहेको क्ष...

पुटिन र म्यानमारको सेना प्रमुखबीच भेटवार्ता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र म्यानमारका सैन्य प्रमुख मिन आङ ह्लिङबीच भेटवार्ता भएको छ । लामो प्रतीक्षा पछि नेता मिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलो पटक भेटवार्ता गरेका हुन् । जसले दुई प्रतिबन्ध प्रभावित देशबीचको सम्बन्धलाई थप गहिरो बनाउने संकेत दिएको छ । फेब्रुअरी २०२१ मा म्यानमारको निर्वाचित सरकारबाट सत्ता कब्जा गर्ने मिन […]

पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायको खुलासा

रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ । पूर्वी युक्रेनमा रुसले भीषण हमला गरिरहेका बेला गुप्तचर निकायले यस्तो चेतावनी दिएको हो ।राजधानी किभ कब्जा गर्ने रुसी सेनाको प्रयासको युक्रेनले प्रतिरोध गरेपछि मस्कोले दोनबास क्षेत्र कब्जा गर्न आफ्ना सेनाहरूलाई पुनः केन्द्रित गरेको छ । मंगलबार  अमेरिकी सिनेट समितिको सुनुवाइमा राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सल

रुसी राष्ट्रपति पुटिन युक्रेनमा लामो युद्धको तयारीमा छन् : अमेरिकी गुप्तचर निकाय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । युक्रेनमा गएको फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरेको रुसले पूर्वमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसले कब्जा गर्न खोजिरहेको पूर्वमा निरन्तर आक्रमण भैरहेका बेला यो चेतावनी आएको हो । युक्रेनले आफ्नो राजधानी किएभ कब्जा गर्ने प्रयासको प्रतिरोध गरेपछि रुसले डोनबास क्षेत्रमा आफ्ना सेनालाई केन्द्रीत गरेको छ । पछिल्लो युद्धमा युक्रेनले उत्तरपूर्वि...

युक्रेन आक्रमणको महँगो परिणाम भोग्दै पुटिन (भिडियो रिपोर्ट)

काठमाडौँ- युक्रेनमाथि सैन्य हमला एघारौं दिनसम्म पुग्दा रुसका लागि निकै महँगो पर्न गएको देखिएको छ। आफ्नो देश जोगाउँन युक्रेनी सैनिकहरूको सशक्त प्रतिरोधले रुसी सेनातर्फ अत्याधिक क्षति भइरहेको हो। युक्रेनी सैनिकले सार्वजनिक गरेको भिडियोमा रुसी सैनिकको एमआई २४ हिन्द हेलिकोप्टर युक्रेनी आक्रमणबाट खसालिएको देखिएको छ । युक्रेनको राजधानी किभ कब्जा गर्न आएका रुसी सेनाको स्थल बललाई […]