लमहीका मेयरले आफ्नै घरमा डोजर चलाएर थाले बाटो बिस्तार अभियान

रुपन्देही । दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घरमा डोजर चलाएर थाले बाटो बिस्तार अभियान थालेका छन् । स्थानीयले विभिन्न ठाउँमा गरेको अतिक्रमणका कारण लामो समयदेखि लमही–कोइलाबास हुलाकी सडकखण्ड क्षेत्रको सडक विस्तार हुन सकेको थिएन । बुधबारबाट लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो। सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी […]

सम्बन्धित सामग्री

जुम्लाका ४२ हजार हेक्टर जमिनमा स्याउ खेती बिस्तार

जुम्ला – स्याउकाे जिल्लाकारुपमा परिचित जुम्लाले पछिल्लाे समय स्याउ खेती द्रुतरुपमा बढाउँदै लगेकाे छ । जुम्लाले बर्सेनि स्याउ उत्पादन मात्रै नभइ खेती पनि बिस्तार गर्दै लगेको छ ।  जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा एक घर एक स्याउ बगैँचा अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने काम बिस्तार भएकाे छ ।  अहिले पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानसमेत दिन थालेपछि स्याउ खेती बढ्न थालेको छ ।&nb...

तिब्र गतिमा ‘फास्ट चार्जर’ बिस्तार गर्दै सिप्रदी, यी हुन् चार्जर लागेका स्थान

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक चार पाङ्ग्रेको विक्री बढेसँगै फास्ट चार्जरको पनि स्थापना पनि बढ्दै गएको छ । बाटोमा इभीको संख्या बढ्दै जाँदा हाइवेमा राम्रै संख्यामा इभी देखिन थालेका छन् । काठमाडौं वा सहरी क्षेत्रमा मात्रै इभी चलाउने हो भने घरमा चार्ज गर्दा नै काफी हुन्छ । आफ्नो घरमै होम चार्जरले चार्ज गर्दा पनि सहरी […]

कोरोना संक्रमण बढ्न थालेसँगै सडक निर्माणमा अवरोध

वैशाख १२, काठमाडौं । कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा संघीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनः कोभिड–१९ संक्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जानकारी दिएको छ ।  गत आवमा अन्तिम चौमासिक र चालू आवको पहिलो चौमासिकसम्म सरकार र वैदेशिक लगानी गरी दुवै किसिमका निर्माणमा अवरोध पुगेको विभागका उपमहानिर्देशक शिव नेपालले बताए ।  उनका अनुसार संक्रमितको संख्या कम भइरहँदा निर्माणले गति लिन थालेको थियो । अहिले विभिन्न जिल्लामा बन्दाबन्दी शुरु भइसकेकाले निर्माणमा पुनःबाधा पुग्न थालेको उनले बताए । बन्दाबन्दी लागू भएका जिल्लासँगै त्यस आसपासका जिल्लामा समेत बाधा पुग्ने उनले बताए । उनले भने, ‘त्यही जिल्ला भएर अर्को जिल्लामा जानुपर्ने भएमा बन्दाबन्दी भएका सँगै नभएका जिल्लामा पनि निर्माण रोकिन्छ ।’ चालू आवमा दोस्रो चौमासिकसम्म आर्थिक प्रगति ३५ प्रतिशत पुगेको विभागले जानकारी दिएको छ । एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिइएकामा अहिलेसम्म ५५० किमी सडक सम्पन्न भएको छ । ३०० ओटा पुल निर्माण गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म १२९ पुल सम्पन्न भएको विभागले जानकारी दिएको छ ।  पहिलो चौमासिकमा देशभर संक्रमितको संख्या उच्च भएकाले कुनै पनि ठाउँमा नयाँ मान्छे गएर काम गर्ने वातावरण नभएको उनले बताए । कुनै पनि ठाउँमा निर्माण व्यवसायीले कामदारलाई छुट्टै ‘क्याम्प’ बनाएर राख्दा काम गर्न केही सजिलो भए पनि अरुको घरमा बसेर काम गर्ने अवस्था थिएन ।  कामदारलाई भाडामा बस्नै नदिएका कारण काममा बाधा पुगेको थियो । उनले भने, ‘कामदार पानी भर्न धारामा वा अरु कामका लागि जाँदा स्थानीयले विरोध गर्ने अवस्था हुँदा दशैँ पहिले खासै काम हुन सकेको थिएन ।’ पहिलो चौमासिकमा धेरै र दोस्रो चौमासिकमा थोरै असर पुगेकाले अहिले सामान्य अवस्थामा जसरी काम गर्ने वातावरण नै हुँदा पनि लक्ष्य भेट्न गाह्रो भएको प्रवक्ता नेपालले बताए । अन्तिम चौमासिकमा तुलनात्मकरुपमा बढी काम हुने भए पनि यो आवमा त्यो नहुने देखिएको छ ।  स्रोत व्यवस्थापनको पनि समस्या केही हदसम्म रहेको विभागले जानकारी दिएको छ । अहिले पनि निर्माण सम्पन्न भएका कतिपय योजनामा सरकारले भुक्तानी दिन बाँकी छ । अहिलेसम्म ३५ प्रतिशत खर्च भइसकेको छ । झट्ट हेर्दा ६५ प्रतिशत रकम बाँकी छ भन्ने देखिएको भए पनि वैदेशिक सहायताको आयोजनामा रकमान्तर नहुने प्रवक्ता नेपालले बताए ।  विभागअन्तर्गतका योजनामा झण्डै ५० प्रतिशत वैदेशिक सहयोगका योजना रहेका छन् । अनुदान वा ऋण सहयोगमा निर्माण हुने कुनै पनि आयोजनामा सम्बन्धित आयोजनाको रकम अन्यत्र लैजान सकिँदैन । उनले भने, त्यो आवमा गर्न सकेमा काम हुने र नभएमा फ्रिज हुने गरेको छ ।’ सरकारको आन्तरिक स्रोतबाट निर्माण भइरहेका योजनामा भने कुनै एउटा योजनामा काम नै हुन नसक्ने अवस्थामा त्यो रकम अर्को योजनामा खर्च गर्न सकिने व्यवस्था छ । रकमान्तर गर्न सकिने व्यवस्था भए पनि आवको अन्तिमसम्ममा काम भइहाल्छ कि भन्ने आशा भएकाले सकेसम्म छुट्याइएको रकम सम्बन्धित योजनामा नै खर्च गरिने उनको भनाइ छ ।  कतिपय योजना विगतमा संघबाट प्रदेशमा हस्तान्तरण भएका थिए । प्रदेशमा हस्तान्तरण भएका योजनामा संघ र प्रदेश दुवैबाट भुक्तानी नभएको प्रवक्ता नेपालले बताए । कतिपय योजनामा भने वैदेशिक स्रोत र सरकारको पनि स्रोत भएकाले पनि केही समस्या आएको उनको भनाइ छ ।   वैदेशिक लगानीका सडक योजनामा चालू आवमा काम अपेक्षा गरिएअनुसार अघि बढ्न सकिरहेको छैन । गत वर्ष पहिलो पटक कोभिड संक्रमित भेटिए यता कतिपय योजनामा निर्माण अझै शुरु हुन नसकेको प्रवक्ता नेपालले बताए । कतिपय योजनामा काम शुरु भए पनि गति लिन सकेको छैन ।  चिनियाँ सहयोगमा निर्माण शुरु गर्ने भनिएको स्याफ्रुबेंसी रसुवागढी सडकको निर्माण र चक्रपथ दोस्रो खण्डको बिस्तार अझै शुरु हुन सकेको छैन । बुटवाल–नारायणगढ सडक बिस्तार लामो समयसम्म अवरुद्ध बनेकोमा अहिले काम अघि बढाइएको छ । उनले भने, ‘अहिले पनि ढुक्क भएर काम अघि बढ्छ भन्ने अवस्था छैन ।’ कोभिडका कारण अहिले पनि विदेशी नेपाल आएर काम गर्ने वातावरण नबनेको प्रवक्ता नेपालले बताए । उनका अनुसार अरु किसिमका काम अनलाइन गर्न सकिने भए पनि इञ्जनीयरिङको काम अनलाइन गरेर हुँदैन । निर्माणस्थलमा नै गएर गर्ने काममा स्थानीयवासीको अवरोधका कारणले वा प्रशासनले कडाइ गर्दा काम गर्न कठिन भइरहेको छ । चालू आवमा वैदेशिक लगानीका योजनामा धेरै असर गरेको उनले बताए । रासस

टुकी बाल्ने ठाउँमा बिजुली पुगेपछि फेरियो गाउँको मुहार

वैशाख ७, तनहुँ । टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका दुई पालिकाका तीन वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको व्यास नगरपालिका–१३, १४ र बन्दीपुर गाउँपालिकाको वडा नं ६ मा बिजुली बलेपछि स्थानीयवासी खुशी भएका छन् ।  बन्दीपुर गाउँपालिका–६ को खहरेटार, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१३ र १४ को मास्दीघाट, सुढे, रिजाल्दीका गरी ११५ घरपरिवारमा विद्युत् विस्तार गरिएको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।   विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यसक्षेत्रमा अघिल्लो वर्ष बत्ती बाल्ने योजना रहे पनि कोरोना र बाढी पहिरोको कारण ढिलाइ हुन गएको हो । उक्त क्षेत्रका सबै घरमा विद्युत् विस्तार गरिएको वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजनाअन्तर्गत विद्युतीकरण आयोजना साइट इञ्चार्ज इञ्जिनीयर लक्ष्मण रेग्मीले बताए ।   जिल्लाको देवघाट र ऋषिङगाउँपालिकाका केही वडामा विद्युत् विस्तारको काम भइरहेको छ । उनले भने, ‘देवघाट गाउँपालिका–३ मा विद्युत् जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’ उक्त वडामा विद्युत् जडानपश्चात् १५० बासिन्दा लाभान्वित हुने बताइएको छ । उनका अनुसार देवघाट गाउँपालिका–२ को सबै क्षेत्रमा विद्युत् जडान गर्ने कार्य बाँकी रहेको छ ।  देवघाट–१ को केही भागमा बत्ती बालिसकेको र केही क्षेत्रमा जडानको कार्य भइरहेको छ । त्यसैगरी ऋषिङ गाउँपालिका–६ मा ट्रान्समिटर जडान गरी विद्युत् लाइनको विस्तार कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ ।  सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सहयोग गरेको हो । कतिपय स्थानमा सामान ढुवानी गरेर लैजान गाह्रो हुने भएका कारणले गर्दा पनि समयमा सम्पन्न गर्न नसकिएको आयोजनाले जानकारी दिएको छ ।  तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गर्ने कार्यक्रम रहेको छ । ती घरधुरीमा विद्युतीकरणका लागि रू. ८८ करोड बजेट खर्च हुने अनुमान गरिएको छ । सोलार र टुकीका भरमा बस्दै आएका बन्दीपुर गाउँपालिका–६ खहरेटार, ढाप, थुमथुमेमा बत्ती बलेसँगै गाउँपालिका अन्धकारमुक्त बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।  व्यासनगरपालिका–१४ स्थित मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सौर्य ऊर्जा प्रयोग गर्दै आएका स्थानीयवासीको घरमा बिजुली पुगेपछि हर्षित भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।  उक्त क्षेत्रमा विद्युत् विस्तारसँगै वडा अन्धकारमुक्त बनेको छ । उनले भने, ‘अहिले घरघरमा बिजुली पुगेपछि गाउँ नै झलमल्ल भएको छ भने गाउँको मुहार फेरिएको आभास गराएको छ ।’  रासस

बनेपा–पनौती सडक खण्ड कालोपत्रे हुने भएपछि स्थानीय खुसी

काभ्रेको व्यस्त सडकको रुपमा रहेको बनेपा–पनौती सडक खण्ड कालोपत्रे हुने भएपछि सडक आसपासका बासिन्दा र सडक प्रयोगकर्ताहरु खु्सी भएका छन् । सडक कालोपत्रेका लागि बजेट विनियोजन भएसँगै वर्षौदेखि जीर्ण बन्न पुगेको उक्त सडक खण्ड कालोपत्रे हुनेपछि सर्वसाधारण खुसी भएका हुन् । पनौतीका स्थानीयबासी रामकुमार बस्नेतले वर्षौदेखि जीर्ण अवस्थामा पुगेको बनेपा–पनौती सडक कालोपत्रे हुने खबर पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सडकमा नाली बनाउने, सडक बिस्तार गर्ने, कल्भर्ट राख्ने क्रममा सडक बिग्रिएको र केही दिनअघि सडक कालोपत्रे हुने खबर सुन्दा खुसी भएको बताउनुभयो । ‘सडकमा वर्षामा हिलो र हिउँदमा धुलो हुँदा सडक प्रयोगकर्ता र सडक आसपासका सर्वसाधारणमा आजित थिए, अब कालोपत्रे हुने भएपछि सबै खुसी हुनुभएको छ’ बस्नेतले थप्नुभयो । उहाँले सडक कालोपत्रे भएपछि यात्रा गर्न सहज हुनुको साथै सडक आसपासका घरमा पुग्ने धुलो कम हुने बताउनुभयो ।

डिज्नीका फिल्महरूपनि हलभन्दा अघि अनलाइन प्रदर्शन हुँदै

डिज्नीले आफ्नो स्ट्रिमिङ सर्भिसमा स्टार वार्स र मार्भल फ्रेन्चाइजको सेवा बिस्तार गर्ने योजना सार्वजनिक गरेको छ। डिज्नीको आउँदो फिल्म 'पिटर प्यान' र 'वेन्डी र टम हंक्स पिनोचियो'लाई सिनेमा घरमा नभइ सिधैं डिज्नी प्लसमार्फत् सार्वजनिक गर्ने बताएको हो। बीबीसीका अनुसार डिज्नी सिनेमाघरदेखि स्ट्रिमिङ साइटसम्म दर्शकको ध्यान आकर्षित गर्ने प्रमुख स्टुडियो

जलेश्वरीमा सिम्ले खोलाबाट विद्युत उत्पादन

खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा स्थानीय खोलाबाट विद्युत निकालिएको छ । स्थानीय सिम्ले खोलाबाट ५ किलोवाट क्षमताको विद्युत निकालिएको हो । जलेश्वरीको देम्लीटार, बाबियोखर्क र हंखाईका ६५ घरमा बिस्तार गरिएको लघुजलविद्युत आयोजना बिहिबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले उद्घाटन गरेका छन् ।

विदेशमा नपाएको सफलता कागज उद्योगमा

बिदेशमा नपाएको सफलता कागज उद्योगमा टीकाराम उप्रेती झापा फागनु ११ गते ÷ कच्चा पदार्थ खोज्न कतै जानु पर्दैन । उत्पादन भएको कागज बिक्री गर्न समेत कुनै समस्या छैन । प्रतिस्पर्धा समेत कम भएकाले यो उद्योगमा लगानी गरेकोे हो । पाँचथर जिल्लाको कुम्याक गापा ५ का बर्ष ३० का इन्दु लिम्बूले के ब्यवसाय गर्ने भन्ने अध्ययन पछि कागज उद्योगमा सहज भविष्य देख्नुभयो । उहाँ अहिले झापाको दमक ५ मा पाथीभरा नेपाली कागज उद्योग दर्ता गरि पहाडे काँचो कागज उद्योग सञ्चालन सुरु गर्नु भएको छ । वरीपरी ठुला ठुला घरको बीचमा रहेको खाली जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरेको बताउनुभयो । नेपाली कागज पहाडमा पाइने अर्गेलीको लोक्तालाई प्रशोधन गरेर यसको माडबाट बनाइने गरिन्छ । यसरी भट्टीमा पकाएको लोक्ताबाट निश्कने माडलाई जमाएर सानो कागजको आकारमा जाली लगाएर बनाइएको ट्रेमा हालेर सुकाइन्छ एक घण्टासम्म सुकाएपछि कागज तयार हुने गरेको लिम्बूले बताउनुभयो । एक सयम स्वदेशमा केही काम नपाएर लामो समय बिदेश बसे सामान्य कमाई भयो । त्यहाबाट फर्के आएपछि नेपालमा नै केही गर्ने सोचका साथ कागज उद्योग सुरु गरेको हो लिम्बूले भन्नुभयो । आफु नै काम नपाएर बिदेशीएको मान्छे बिदेशमा नेपालीले भोगेको दुःख देखेपछि देशमा नै केही गर्ने प्रेरणा जाग्यो । काम नपाएर लाखौ रुपैयाँ खर्चेर बिदेश गएको थिए । अहिले नेपालमा नै उद्योग खोले पछि स्थानीय पाँच जनालाई प्रत्यक्ष रोजगार दिन सफल भएको छु् । यहाँ उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कागज पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्लाबाट लोक्ता ल्याउने गरिएको छ । पहाडमा कम घाम लाग्ने र तयारी कागज समेत ढिलो सुक्ने भएकाले पहाडबाट कच्चा पदार्थ ल्याएर तराई उद्योग खोलिएको हो । यहाँ उद्योगलाई आवश्यक केमिकल समेत ढुवानी सहज हुने भएकाले तराइमा उद्योग सञ्चालमा सहज हुने उहाँको भनाइ छ । व्यवसायीले कागजको उद्योगको लागि आवश्यक अर्गेलीको लोक्ता उद्योगमा ल्याइदिने गरेका छन् । भने उत्पादन भएको कागज समेत उद्योगमा नै आएर लाने गरेका छन् । अहिले यही उद्योगबाट नै राम्रो आम्दानी भएको छ । उत्पादन जति गर्न सकेपनि बजारको माग थेग्न सकेको छैन । घरमा नै आएर कागज उठाउने गरिएको छ । गत साउनदेखि सुरु गरेको आफ्नो उद्योगमा दैनिक ७ सय पन्ना कागज उत्पादन हुदै आएको छ । ६ लाख रुपैयाँ लगानी गरेर सुरु गरिएको उद्योगलाई बिस्तारै बिस्तार गर्ने सोचमा रहेको उहाँको भनाइछ । उद्योगबाट उत्पादन भएको कागजबाट बाटेका धुप समेत बनाउन थालेको बताउनुभयो । धुप बनाउन दैनिक ४ देखि ५ जना कामदार रहेको उहाँले जानकारी दिनुभयो । उद्योगमा बिग्रेको कागजलाई बाटेको धुप बनाउने गरेको छ्ु । हिमालमा पाइने धुपीलाई कागज भित्र हालेर बेरिन्छ र सुकाइन्छ । यसरी तयार गरिएको धुप खासगरि हिन्दु तथा बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने गरेको उद्योगी इन्द्र लिम्बुले जानकारी दिनुभयो । अब चाँडै कागज उत्पादन गर्ने नयाँँ मेशिन ल्याउदैछु । यसपछि भने हातेकागजलाई ए फोर साइजमा ब्राण्ड गरेर बजारमा फोटोकपी गर्ने कागज समेत उतपादन गर्ने योजना रहेको उहाले जानकारी दिनुभयो । एक समय काम नपाएर दलाल मार्फत बैदेशीक रोजगारमा दुःख गरेका लिम्बुलाई अहिले आफुले बेरोजगारलाई रोजगार दिन सफल भएकोमा दंग भएका छन् ।

सडक मिचेर बनाईएका घरमा डोजर चल्यो, स्थानीय राजनीतिक दल विरोधमा

सडक मिचेर बनाईएको घर टहरा हटाउन पटकपटक समय दिँदा पनि घरधनीले संरचना नहटाएपछि बुटवलमा सडक परियोजनाले डोजर लगाएर भत्काउन सुरू गरेको छ । करिब ६ वर्ष अघिदेखि सडक बिस्तार गर्ने प्रयत्न गरिए पनि सडक मिचेर घर बनाएकाले अवरोध गरेपछि अघि बढ्न सकेको थिएन। हाल ७५ फुट बुटवल राजमार्ग चौराहदेखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडकलाई…