बनेपा–पनौती सडक खण्ड कालोपत्रे हुने भएपछि स्थानीय खुसी

काभ्रेको व्यस्त सडकको रुपमा रहेको बनेपा–पनौती सडक खण्ड कालोपत्रे हुने भएपछि सडक आसपासका बासिन्दा र सडक प्रयोगकर्ताहरु खु्सी भएका छन् । सडक कालोपत्रेका लागि बजेट विनियोजन भएसँगै वर्षौदेखि जीर्ण बन्न पुगेको उक्त सडक खण्ड कालोपत्रे हुनेपछि सर्वसाधारण खुसी भएका हुन् । पनौतीका स्थानीयबासी रामकुमार बस्नेतले वर्षौदेखि जीर्ण अवस्थामा पुगेको बनेपा–पनौती सडक कालोपत्रे हुने खबर पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सडकमा नाली बनाउने, सडक बिस्तार गर्ने, कल्भर्ट राख्ने क्रममा सडक बिग्रिएको र केही दिनअघि सडक कालोपत्रे हुने खबर सुन्दा खुसी भएको बताउनुभयो । ‘सडकमा वर्षामा हिलो र हिउँदमा धुलो हुँदा सडक प्रयोगकर्ता र सडक आसपासका सर्वसाधारणमा आजित थिए, अब कालोपत्रे हुने भएपछि सबै खुसी हुनुभएको छ’ बस्नेतले थप्नुभयो । उहाँले सडक कालोपत्रे भएपछि यात्रा गर्न सहज हुनुको साथै सडक आसपासका घरमा पुग्ने धुलो कम हुने बताउनुभयो ।

सम्बन्धित सामग्री

सडक कालोपत्रे भएपछि स्थानीय खुसी

हिउँदमा धुलो र बर्षामा हिलोको मार खेप्दै हैरानी व्यहोर्दै आएको स्थानीयहरुका लागि सडक कालोपत्रे भएपछि खुशी बनेको छन् ।

गल्याङ–बज्रे सडक कालोपत्र हुँदै

गल्याङ, १० जेष्ठ । साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ–बज्रे सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका हुन् । गल्याङ नगरपालिकाकोे रू दुई करोड एक लाख ९२ […]

दमक–रवि सडक कालोपत्रे सुरु, पाँचथरवासीलाई झापा झर्न सहज

महालक्ष्मी र किराँतेश्वर जेभीसँग २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी चैत्रसम्ममा पूर्ण रूपमा कालोपत्र हुने भएपछि स्थानीय खुसी छन् ।

बाँकेकाे हुलाकी सडक कालोपत्रे

बाँके : बाँकेमा पर्ने हुलाकी सडक कालोपत्रे सुरु भएपछि स्थानीय खुसी भएका छन्। घाममा धुलो र वर्षातमा हिलोले आवत जावत गर्न नसकेका सर्वसाधारणमा पछिल्लो समय आशा पलाएको छ। सडक कालोपत्रे भएपछि एक घण्टामा नेपालगन्ज पुग्ने र किनमेल गरेर बेलुकी घर फर्किन सकिने नरैनापुर गाउँपालिका ५ मटेहियाका विश्वजित तिवारीले बताए। &lsquo...

राम्चे–ओमपार्क सडक कालोपत्रे हुँदै - Naya Patrika

बाह्रबिसे नगरपालिका–९ को राम्चे– ओमपार्क जोड्ने शाखा सडक कालोपत्रे हुने भएपछि स्थानीय दंग छन् । भिरैभिरको बाटो पिच हुन लागेपछि स्थानीय खुसी भएका हुन् । ‘यो बाटो कालोपत्रे हुने कल्पनासमेत गरेका थिएनौँ,’ वडाध्यक्ष