महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार रणबहादुर महरा निर्वाचित भएका छन् ।
सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पछि पार्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन् । महराले ६ हजार ७७३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी भट्टले ६ हजार २६४ मत प्राप्त गरेका थिए ।
नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले ५ हजार २२५ मत प्राप्त गरेका थिए । शुक्लाफाँटाको नगर उपप्रमुख नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भएकी छिन् । उनले ६ हजार ५१९ मत प्राप्त गरिन् । त्यसैगरी उप्रमुखमा नेकपा एकीकृत समाजवादीका माधव पन्तले ५ हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले ५ हजार २३६ मत प्राप्त गरिन् । अघिल्लो कार्यकालमा शुक्लाफाँटा नगरप्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल रहेका थिए । रासस